स्याङ्जा २३ असोज । स्याङ्जाका निर्माण ब्यवसायीले निर्माण ब्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको चौथौ स्मृति दिवस मनाएका छन्।
चौथौ स्मृतिसभामा बोल्दै जिल्ला अध्यक्ष बुद्धिमान शाहीले गौचन एक उदारभावका निर्माण ब्यवसायी रहेको बताउनुभयो। माथिल्ला बर्गकालाई मात्र नभई निम्न आर्थिक अवस्थाका ब्यक्तिलाई काम गर्ने अवसर दिनुपर्छ भन्ने उनको उचो भावना रहेको अध्यक्ष शाहीले स्मरण गर्नुभयो।
सभामा निर्माण ब्यवसायी हनिफ मिया, नारायणप्रसाद अधिकारी, महादेव श्रेष्ठ, सुनिलकुमार चापागाई लगायतले गौचन सफल एवं सक्षम ब्यवसायी भएकोमा जोड दिदै उनका कार्यलाई अनुशरण गर्दे ब्यवसायी अघि बढ्नुपर्ने बताउनुभयो।
गौचनको चार बर्षअघि काठमाडौंमा गोली हानी हत्या गरिएको थियो। नयाँबानेश्वरको शान्तिनगर क्षेत्रनजिक रहेको खरिबोटमा उनीमाथि गोली प्रहार गरी हत्या गरिएकोे हो ।डाँफे कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनलाई घर फर्कने गोली प्रहार भएको हो ।
निर्माण व्यवसायी संघ कास्की जिल्ला संघका संस्थापक अध्यक्ष समेत रहेको बताइएको छ । उनको ७४ बर्षको उमेरमा हत्या भएको हो।
Friday, May 16
Trending
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न
- पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
- स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
- फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस