Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 9
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका झण्डै. ६७ हजार ५ सय बालबालिकालाई टाइफाइड बिरुद्धको खोप दिईने
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका झण्डै. ६७ हजार ५ सय बालबालिकालाई टाइफाइड बिरुद्धको खोप दिईने

    Syangja SandeshBy Syangja SandeshApril 6, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ चैत । यही चैत २५ गतेदेखि ३० गतेसम्म स्याङ्जाका झण्डेै साढे ६७ हजार बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइने भएको छ ।


    स्याङ्जाका १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाईने भएको हो ।
    स्वास्थ्य कार्यालय स्याङ्जाद्धारा आयोजित अभिमूखीकरण कार्यक्रम मार्फत जिल्ला खोप समन्वय समिति र संचारकर्मीलाई टाइफाइड खोप अभियान र नियमित खोपका बारेमा सो जानकारी दिइएको थियो ।


    स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्माका अनुसार जिल्लाभरका ६७ हजार ४ सय ४० जना बालबालिकालाई अभियान अन्र्तगत खोप दिईने भएको छ भने अवदेखि १५ महिनाका बालबालिकालाई सबैलाई नियमित खोप दिईने छ।
    जिल्लाभरका ५४३ खोप केन्द्र स्थापनागरी १ हजार ८६ जना स्वयंसेवक परिचालन गरिने उनले बताईन् । बालबालिकालाई सहज बनाउन अधिकांश बिद्यालय र केही स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरिएका छन् । खोप लगाउनेमा स्वास्थ्य स्वयंसेविका सहित महिला शिक्षिकाको सहयोग लिईने बताइएको छ ।


    टाइफाइडको संक्रमण बढ्दो देखिएपछि सरकारले अभियान नै संचालन गरेको प्रमुख शर्माको भनाई छ । खोपको विश्वसनीयता बारे औल्याउदै प्रमखु शर्माले भनिन्, ‘खोपप्रति शंका नगर्नुहोस् । निश्चिन्त भएर लगाउनुहोस् ।’
    जिल्लाका पुतलीबजार, वालिङ्, गल्याङ, हरिनास, अर्जुनचौपारी र कालीगण्डकीमा चैत २५ देखि ३० सम्म र भीरकोट, चापाकोट, आधीखोला, फेदिखोला र बिरुवामा चैत २७ देखि ३० गतेसम्म खोप अभियान संचालन हुने भएको प्रमुख शर्माले भनिन् । जिल्लामा ९५ प्रतिशत खोप लगाउने लक्ष्य छ ।


    कार्यक्रममा नगरप्रमुख सीमाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, रेडक्रसका सभापति दिनेश अर्याल, उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र नेपाल लगायतले खोप अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।


    बालबालिकालाई पहिलो पटक दिईन लागेको खोपका बारेमा अभिभावकलाई बुझाएर खोप केन्द्रसम्म पुग्ने वातावरण मिलाउनु पर्नेमा बक्ताहरुको जोड छ। खोप समन्वय समितिका संयोजक सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षय कुष्ठ अधिकृत बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    July 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.