स्याङ्जा १९ पुस । पुतलीबजार नगरपालिकामा रहेको सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न वरिएको छ ।
सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लेखनाथ खनियाले साधारण सभाबाट प्राप्त सुझाव अनुसार संस्थालाई अगाडी वढाउने बताउनुभयो । लघुबित्तले नाफा भन्दा सेवामुखी हुने उदेश्यले स्थापना गरिएकाले नागरिकका सेवा प्रवाहमा सहजता पुरयाउन आफु लगायत आफनो समूह प्रतिवद्ध रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङजाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, संचालक अनन्तकुमार श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गर्दै यस लघुबित्त जिल्लाको नमूना संस्थाको रुपमा अघि बढीरहेको बताउनुभयो।
सो कार्यक्रममा संस्थाका अध्यक्ष खनीयाले अध्यक्षको प्रतिवेदन र आर्थीक प्रगती प्रतिवेदन कम्पनी सचिव राजेन्द्र न्यौपानेले तथा वस्तुगत प्रगती प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले सम्पूर्ण आर्थिक गतिबिधीका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरुमा प्रस्तुत भएका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरिएका छन । सभामाले २० प्रतिशत बोनश वितरण गर्ने तथा वोमी लघुवित्त वित्तीय संस्थासग गाभिने प्रस्ताव प्रस्तुत गरेको छ ।
२०७० सालमा घ वर्गको वित्तिय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहने गरि इजाजतपत्र प्राप्त सूर्योदय लघुवित्त वित्तीय संस्थाका हाल ३७ जिल्लामा १०२ शाखा रहेका छन् । संस्थाको असार मसान्त सम्ममा अधिकृत पुजी ३० करोड, जारी पुजी २७ करोड ७२ लाख र चुक्त पुजी २४ करोड ८० लाख रहेको बताइएको छ ।