Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय
    प्रदेश

    सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय

    Syangja SandeshBy Syangja SandeshMay 31, 2021Updated:July 15, 2021No Comments5 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालको ७ नं. प्रदेश अन्तरगत पर्ने सेती अञ्चलको पूर्वी जिल्ला कैलालीको पनि पूर्वी भागमा कर्णाली नदीको तटमा अवस्थित टीकापुर, २०५३ साल माघ १७ गते पहिलो पटक घोषणा भई हाल २०७३ फागुन २७ गते को मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टिकापुर नगरपालिका,नारायणपुर र धन्सिहंपुर गा.वि.स. मिलि टिकापुर नगरपालिका बनेको हो । यो नगरपालिका महेन्द्र राजमार्गमा पर्ने लम्की वजार देखि १४ कि.मी दीक्षण पट्टि भारतको सिमाना देखि १४ किलोमिटर अवस्थित छ ।
    टिकापुर सिमाना
    पूर्वमा कर्णाली नदि र बर्दिया जिल्ला,पश्चिममा भजनी नगरपालिका ,उत्तरमा जानकी गाउँपालिका र दक्षिणमा मोहना नदि,भारत सिमाना पर्छ ।
    प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रदेश सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशलाई जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा बत्तीस निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका बत्तीस जना र सम्पूर्ण प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका एक्काइस जना गरी कुल त्रिपन्न सदस्य रहेको प्रदेश सभा रहेको छ ।
    भौगोलिक परिचयः
    नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका महाकाली अञ्‍चलका ४ जिल्ला र सेती अञ्चलका ५ जिल्लाको सुदूरपश्चिम प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको ९उष्ण मनसुनीदेखि टुन्ड्रा० हावापानी विद्यमान रहेको छ ।

    यो प्रदेश १०९ मिटरदेखी ७१३२ मिटरसम्म उचाई र २८ड्ढ २२” उत्तरी अक्षांशदेखि ३०°०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तरदेखि ८१° २५” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू(भागको रुपमा अपि हिमाल ९७,१३२ मिटर० र होचो भू(भागको रुपमा कैलाली जिल्लामा ९१०९ मिटर० रहेको छ ।

    नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि।मि। मध्ये सुदुरपश्चिम प्रदेश ले १९,५३९ वर्ग कि।मि। अर्थात् १३.२७५ क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू(भाग ७,९३२.८३४ वर्ग कि.मि. ९४०.६०५०, पहाडी भू(भाग ६,७४८.७७०६ वर्ग कि।मि। ९३४.५४५० र तराई भू(भाग ४,८५७.३९५४ वर्ग कि.मि. ९२४.८६५० पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमाली भू(भाग बढी रहेको छ । यो प्रदेश नेपाल राज्यको करिब पश्चिम भागमा पर्दछ । यो प्रदेशका २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतड) पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन् ।

    यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्‍चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ ।

    प्रदेशको राजनैतिक प्रशासनिक विभाजनः
    नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्‍चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्‍चलका बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् ।१ उप(महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन् ।
    जनसांख्यिकीय विवरण
    २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २,५५२,५१७ रहेको छ जुन कुल जनसंख्याको ९।६३५ हुन आउँछ । यस मध्ये पुरुषको जनसंख्या १२,१७,८८७ र महिलाको जनसंख्या १३,३४,६३० रहेको छ।

    भौगोलिक क्षेत्रको आधारमा सुदूरपश्चिम प्रदेशको जनसंख्या हिमाली क्षेत्रको जनसंख्या ४,६३,३४५ (१८।१६५), पहाडी क्षेत्रको जनसंख्या ८,६२,२१५(३३।७८५) र तराई क्षेत्रको जनसंख्या १२,२६,९५७ (४८।०६५) रहेको छ।

    प्रमुख नदीनाला तथा तालहरुः

    यस प्रदेशका प्रमुख नदीहरुमा सेती र महाकाली हुन् । अन्य सहायक नदीहरुमा चमेलीया, बुढीगंगा, दरगंगा, सुर्नाया, ढिकगाड, होपरीगाड, रंगुन, डोटेली गाड, स्पालगाड, खुवटया, मोहना, श्चशसैया, बानरा, आदि हुन् । यस क्षेत्रमा पर्ने प्रमुख तालहरुमा कैलाली जिल्ला घोडाघोडी ताल विश्वसम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रुपमा परिचित हुनुका साथै धार्मिक दृष्टिकोणबाट समेत प्रसिद्ध छ । कञ्नपुर जिल्लामा रहेको झिलमिला ताल, वेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बिचमा रहेको खप्तड ताल यस क्षेत्रको प्रमुख पर्यटकीय आर्कषणको रुपमा रहेको छ ।

    प्रमुख धार्मिक स्थलहरुः

    यस प्रदेशमा थुप्रै धार्मिक स्थलहरु रहेका छन् । जसमध्ये डोटीको खप्तड, अछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको तपोवन, ऋषिकुण्ड र सुर्मासरोवर, बैतडीको रौलाकेदार र सिगास, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, कैलालीको बेहडा बाबा आदि हुन् ।

    यस क्षेत्रका प्रमुख मन्दिरहरुमा बाजुरामा बडीमालिका, बझाङमा सुर्मादेबी, जल्फादेवी, मष्टा र दुर्गा, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार, बैतडीको त्रिपुरासुन्दरी, निङ्गलासैनी, जगन्नाथ, ईश्वरी गंगाधाम, कृष्णमन्दिर, महारुद्र, मेलौली भगवती, ग्वालेक केदार र राताशिला, डडेल्धुराको उग्रतारा, भागेश्वर, घण्टेश्वर, डोटीघटाल र बेताल, अछामको बैजनाथ, बर्मादेवी, डोटीको शैलेश्वरी, केदार, लानाकेदारेश्वर, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ र विष्णु मन्दिर, कैलालीको गोदावरी, वनदेवी, बेंहडा बाबा तथा नैनादेवी आदि प्रमुख हुन।

    प्रमुख पर्यटकीय स्थलहरुः

    यस क्षेत्रका प्रमुख पर्टक स्थलहरुमा खप्तड, बुढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारतपर्वत, घनघश्या लेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेदकोट, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, मेलौली भगवती, उग्रतारा मन्दिर, टिकापुर पार्क, अपि हिमाल, रामारोशन क्षेत्र, दोधाराचादनी झोलुङ्गे पुल, कर्णाली पुल आदि पर्दछन ।

    श्रोतस् क्षेत्रीय कृषि निर्देशनालय, दिपायल तथा केन्द्रीय तथ्याङ्क विभाग

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संघिय नेपालको प्रशासनिक बिभाजन, नेपालका प्रदेशमा बिभाजन गरिएका जिल्लाहरु

    May 31, 2021

    कर्णाली प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    लुम्बिनी प्रदेशको संक्षिप्त परिचय

    May 30, 2021

    गण्डकी प्रदेशको संक्षिप्त जानकारी

    May 30, 2021

    बाग्मती प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    प्रदेश नं. २ को संक्षिप्त जानकारी

    May 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.