स्याङ्जा १ मंसिर । रुम टु रिड र सूर्योदय कलव स्याङ्जाले साक्षरता कार्यक्रमका बारेमा भीरकोट नगरपालिका अन्र्तगत दहथुम माध्यमिक बिद्यालयमा संयुक्त अध्ययन अवलोकन तथा अनुगमन गरेको छ ।
रुम टु रिड पढ्नका लागि कोठाको आर्थिक तथा प्राबिधिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जा र स्थानीयपालिका संगको समन्वयमा सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा जिल्लाका ५५ वटा बिद्यालयमा साक्षरता कार्यक्रम संचालन गरिएको छ ।
नेपाली भाषा बिषयका शिक्षकको क्षमता अभिबृद्धिगरी बालबालिकाको पढ्ने क्षमता बृद्धि गर्ने उदेश्यले साक्षरता अभियान सुरु गरिएको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनमा भीरकोट नगरप्रमुख छायाराम खनाल, जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलिप बगाले, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी, अनुसन्धान प्रमुख सुरेश तिवारी, पुतलीबजार नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल, भीरकोट शिक्षा प्रमुख नबिन थापा, पढ्नका लागि कोठा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत सुशिल तिमिल्सीना, सोही कार्यक्रमका राजन सापकोटा, दिल धामि, टेकबहादुर ढेंगा, केशव पौडेल, आशिष न्यौपाने लगायतको सहभागिता थियो।
टोलीले दहथुममा अध्ययरत कक्षा १ र २ का बालबालिका र शिक्षकका भूमिकाका बारेमा अवलोकन तथा उनीहरुसंग अन्र्तक्रिया गरेको हो ।
साक्षरता कार्यक्रम अन्र्तगत कक्षा १ देखि ५ सम्मका बालबालिकाको पुस्तकालयमा पढ्ने बानीको विकासगरी स्वतन्त्र पाठक बनाउने उदेश्य रहेको वरिष्ठ कार्यक्रम अधिकृत तिमिल्सीनाले बताउनुभयो ।

कार्यक्रममा दहथुम माविका प्रधानाध्यापक वेदप्रसाद अर्यालले कार्यक्रमले बालबालिकाको अध्ययन र लेखन सीपमा निकै परिवर्तन देखिएको बताउनुभयो । बालबालिकामा अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा सहभागी हुने र पुस्तकालयमा अध्ययन गर्ने वानीको विकास भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
स्याङ्जाका १० पालिकाका ५५ वटा बिद्यालयमा सन २०१८ गते साक्षात्कार कार्यक्रम संचालनमा ल्याइएको हो ।