सांसदबाट हटाइएपछि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । उहाले गणेश घिमिरेलाई वारेस बनाई आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो । निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसन उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्व अध्यक्ष भोजराज आचार्यले बहस गर्ने छन् । रिटमा सांसदबाट हटाउने पार्टीको निर्णय खारेजको माग गरिएको छ । जनमोर्चाको केन्द्रीय निर्णयविपरीत उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरी मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ सरकारलाई नै सहयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । पार्टीले गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ जना सांसदलाई नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्न निर्देशन दिएको थियो । तर उहाले अटेर गरेपछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै बिहीबार सांसदबाट पनि हटाएको हो । गण्डकीमा कुल ६० सदस्यमध्ये सांसद थापा पदमुक्त भएपछि ५९ सदस्य बाँकी छन् । बहुमतका लागि अब ३० सदस्य आवश्यक पर्छ । दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गुरुङले २७ जेठभित्र संसदमा विश्वासको मत लिनुपर्छ । उहाको पक्षमा हाल स्वतन्त्र सहित नेकपा एमालेका २८ सांसद मात्र छन् ।
Monday, April 21
Trending
- मोटरसाईकल चोरीको आरोपमा २ जना प्रहरी नियन्त्रणमा
- माछा मार्ने बिद्युत्तीय सामान सहित खोलामेै मृत भेटिए सेन
- जवरजस्ती करणीको आरोपमा ५५ बर्षिय दमै पक्राउ
- चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ
- सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ
- पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम
- मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु
- पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम