Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’
    ब्यवसाय

    वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’

    Syangja SandeshBy Syangja SandeshJune 12, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रकारुपमा विकास गरेको हो ।
    घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
    “पकेट क्षेत्रका कृषकहरुमा ब्यवसाय सञ्चालनका लागि दृढ ईच्छा, संकल्प हुनुप¥यो अन्य सहयोग नगरपालिकाले गर्छ” उहाँले भन्नुभयो, “कृषकहरुलाई ब्यवसायिक बनाउनका लागि आवश्यक पर्ने सहयोगका लागि नगरपालिका प्रतिबद्ध छ ।”
    सामूहिक वा ब्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक परेमा नगरपालिकाले बंैकहरुसँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको लागि बजारीकरणको ब्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उहाँको भनाई थियो ।
    “सानो संख्यामा र परम्परागत तबरबाट गर्दै आउनुभएको निर्वाहमुखी ब्यवसायलाई अब आधुनिक र थप ब्यवसायिकतातर्फ अगाडि बढाउनुहोस्” उहाँले भन्नुभयो, “ब्यवसाय विस्तारका क्रममा कहाँनेर अप्ठ्यारो आईपर्छ हामीलाई खबर गर्नुहोस् समाधानको पहल हामी गर्छौं, ढुक्क भएर ब्यवसायिक उत्पादनमा जोड दिंदै आर्थिक स्तर उकास्नतर्फ लाग्न कृषकहरुलाई अनुरोध गर्दछु ।”
    कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले आर्थिक समृद्धिकालागि यो कार्यक्रमले निक्कै महत्व राख्ने भएकाले पनि कृषकहरुलाई ब्यवसायिकतातर्फ जोडिन आग्रह गर्नुभयो । ब्यवसायिकरुपमा अगाडि बढ्दै गर्दा आईपर्ने कठिनाईहरुमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उपप्रमुख तिवारीले जनाउनुभयो ।
    कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष पाण्डुकुमार थापाले नगरपालिका, वडा कार्यालय तथा कृषकहरुबीचको सहकार्यबाट थप सफलता हात पर्ने बताउनुभयो ।
    चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको ब्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाईएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।


    नगरपालिकाले घोषणा गरेको तीन वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरेर ब्यवसायिक थालनी गरिएको हो ।
    २÷३ दिनभित्रैमा अन्य दुई गाउँमा पनि कृषकहरुको माग अनुसार बंगुरका पाठापाठी वितरण गर्ने तयारी भएको छ ।
    यसवर्ष नगरपालिकाले तीनवटा पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, कृषकहरुलाई आवश्यक ज्ञान सीपसहित तालीमहरु दिने, औषधि उपचारको ब्यवस्था मिलाउने छ । वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउनका लागि यसखालका कार्यक्रमहरुले निक्कै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित कृषकहरु झन सक्रिय हुनु आवश्यक रहेको डा. अधिकारीले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका पशु प्राविधिक दोलराज गैह«े, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट क्षेत्र कार्यक्रमका सदस्य तारा थापाले बंगुरपालनका संभावनाकाबारेमा धारणा राख्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राजेन्द्र ढकालको संयोजनमा आँधीखोलामा उद्योग वाणिज्य संघ इकाई गठन

    January 18, 2023

    फेदिखोलामा पालिकास्तरीय कृषि प्रदर्शनी एवं मेला

    January 8, 2023

    सूर्या लाइफ इन्स्योरेनसको उत्प्रेरणा एवं पुर्नजागरण कार्यक्रम

    September 25, 2022

    वालिङमा उद्यमी बनाउन स्टार्टअपमा नगद अनुदान

    September 19, 2022

    श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्र्तक्रिया

    September 10, 2022

    वालिङ उद्योग वाणिज्य संघको ८ औं अधिवेशन स्थगीत

    September 4, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.