काठमाडौँ, २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । बुटवलस्थित प्रदेशसभा भवनमा भएको विशेष अधिवेशनमा सत्तापक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित भएका हुन् ।
प्रदेशसभामा बुधवार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । विपक्षी गठबन्धनका दलहरूले उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै माओवादीका केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्ताव पेशहुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।
आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाउनु भएको हो ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले अब पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिएकोबारे जानकारी गराउनुभयो ।
मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्नुभएको छ। उहाको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए। पोखरेल ४१ महिना २४ दिन मुख्यमन्त्री रहनुभयो।