स्याङ्जा १३ फागुन । रुस युक्रेन युद्धको बर्षदिन पुरा हुँदा समेत युद्ध नरोकिएको भन्दै मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले युद्ध निषेध ः शान्ति बिशेष अभियान गरेको छ ।
रुस युक्रेन युद्ध तत्काल बन्द गरियोस् भन्दै समाजले स्याङ्जा सदरमुकाम स्थित सहिदचोकमा शान्ति रयाली सहित दिप प्रज्वलन गरेको छ । प्रगतीनगरदेखि सुरु भएको शान्ति रयाली सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थिया े।
युद्धले मानवता पराजित, इतिहास लज्जित ः बिध्यंसकारी यो युछ तत्काल अन्त्य गरिनु पर्ने समाजको धारणा रहेको मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बरालले बताउनुभयो ।

उहाले भन्नुभयो, ‘युद्धमा कसैको जीत होइन, सबैको हार हो। त्यसैले युद्ध तत्काल रोकिनु पर्छ। सबैले शान्तिपूर्ण बाच्न पाउनुपर्छ।’
गत फ्रेव्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो। सो अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक एवं सर्वसाधारण मारिएका छन् भने हजारौं घाइते, अपांग भएका छन्।
दोनबास क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको रुस त्यहाँबाट हट्ने पक्षमा देखिदैन भने युक्रेनले आफ्नो भूमि फिर्ता लिने भन्दै प्रति आक्रमण जारी राखेको बताइएको छ।