स्याङ्जा २९ पुस । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरु नै आ आफैं चुनावी प्रतिस्पर्धामा उत्रेपछि आफु अलग्गीएर बस्न बाध्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचनमा जित हार जे भए पनि अवदेखि आपसी सदभाव कायम राख्दै अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।
महाधिवेशन सकिए पनि ठूल्ठूला चुनौतीका पहाडहरु हाम्रा सामु खडा छन। नेपाली कांग्रेस कठिन चुनौतीको घडीमा छ। उहाले भन्नुभयोे, ‘लोकतन्त्रको लडाई अझैं जारी छ।’
सोही कार्यक्रममा नेपाली नागरिकलाई आशावादी बनाउने सन्देश र, अन्र्तघातबाट कसरी मुक्त पाइन्छ भन्ने बारे उत्तर खोज्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठका बुवाको निधनको समवेदना दिन बिहीवार भीरकोट आएका बेला आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले धेरै अघिदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउनेदेखि सुरु भएका अन्र्तघातका कारण अब खोजी हुन जरुरी रहेको उहाले बताउनुभयो ।
अहिले जवाफ दिने ठाउँमा नरहेको र समग्र नेता तथा कार्यकर्ताले यसका जवाफ खोज्नु पर्ने समय आएको उहाको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, सचिव दामोदर लम्साल लगायतले जिल्लामा कांग्रेसको सुदृढीकरणका लागि बिशेष अभियानका साथ अघि बढकोमा जोड दिनुभयो । उहाँसंगै कास्की तथा गण्डकी प्रदेशमा कांग्रेस नेताहरु पनि आउनुभएको थियो ।
Sunday, July 13
Trending
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान