Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट नेपाली कांग्रेसले १६८ को नाम सिफारिस
    गण्डकी प्रदेश

    राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट नेपाली कांग्रेसले १६८ को नाम सिफारिस

    Syangja SandeshBy Syangja SandeshDecember 28, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कास्की १२ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकीका ११ वटै जिल्लाबाट १६८ जनाको नाम सिफारिस गरेको हो ।

    कांग्रेसले गण्डकीको कास्कीबाट सबैभन्दा धेरै ४३ जना सिफारिस गरेको छ भने मनाङबाट सबैभन्दा कम दुई जना सिफारिस गरेको छ । कांग्रेसले कास्कीबाट अन्यमा ३१ जना, महिला १० जना र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ जना गरेर ४३ जनाको नाम सिफारिस गरेको हो ।

    मनाङबाट अन्य र महिलाबाट एक÷एक जना सिफारिस गरेको छ । त्यस्तै, कांग्रेसले बागलुङबाट अन्यमा १६, महिला ५ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ जना गरेर २३ जना, स्याङ्जाबाट अन्यमा ११, महिला ३ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट ५ जना गरेर १९ जनाको नाम सिफारिस गरेकोछ ।

    नेपाली कांग्रेसले नवलपुरबाट अन्यमा १० र महिला ८ गरेर कुल १८ जना, पर्वतबाट अन्यमा ९, महिला ३ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ गरेर १४ जना, गोरखाबाट अन्यमा ९ जना, तनहुँबाट अन्यमा ७, महिला ६ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट ४ गरेर १७ जना, मुस्ताङबाट अन्यमा ५ र महिला एक गरि ६ जना, लमजुङबाट अन्यमा ५, महिला २ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट ३ गरे १० जना र म्याग्दीबाट अन्यमा ३, महिला १ र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट १ जना गरेर ५ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।

    नेपाली कांग्रेसले गण्डकीबाट सिफारिस गरेकाहरु अधिकांश पुराना र बुढाहरु छन् । जसले यसअघि नै कयौंपटक अवसर पाइसकेका छन् । कांग्रेसले कास्कीबाट अन्य क्लस्टरमा पार्टीका पूर्व महामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्व सांसद तथा कांग्रेस गण्डकीका सभापती शुक्रराज शर्मा, कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरूङ लगायत छन् ।

    कास्कीबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि आकांक्षी देखिएका छन् । त्यस्तै कास्कीबाट दुई पत्रकारहरु शिरोमणी बराल र राजबहादुर गुरुङको नामपनि सिफारिसमा परेको छ । गण्डकीबाट स्याङ्जामा पूर्वमन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठ, नवलपुरबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि स्याङ्जाका मेडिकल शिक्षा व्यवसायी खुमा अर्याल, तनहुँका पुराना नेता रामचन्द्र पोखरेल, रघु पौडेलको पनि नाम सिफारिसमा परेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.