Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रियसभा सदस्य निर्वाचन ः १९ पद ४३ आकांक्षी
    राजनीति

    राष्ट्रियसभा सदस्य निर्वाचन ः १९ पद ४३ आकांक्षी

    Syangja SandeshBy Syangja SandeshJanuary 4, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २० पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

    विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयभित्र रिक्त हुन लागेको १९ पदको लागि ४४ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रूपमा र नेकपा एमालेले छुट्टै उम्मेद्वारी दर्ता गराएको छ ।

    केही प्रदेशमा भने राष्ट्रिष्य प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रदेश १ मा ३ सदस्यको लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा गठबन्धनका तर्फबाट ३, एमालेको तर्फबाट ३ र राप्रपाको तर्फबाट २ जनको उम्मेदवारी परेको छ ।

    यस्तै, प्रदेश २ मा २ जना सदस्यको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा गठबन्धनका तर्फबाट २, एमालेको तर्फबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट १ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

    बागमती प्रदेशमा २ सिटका लागि गठबन्धको तर्फबाट २, एमालेको तर्फबाट २ र नेमकिपाको तर्फबाट २ जना गरी ६ जनाको उम्मदवारी परेको छ ।

    गण्डकीमा तीन सिटका लागि गठबन्धन र एमालेका गरी ६ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभाको ३ सदस्यको लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन र एमालेका गरी ६ जनाको उम्मेदवारी परेको छ ।

    यस्तै, कर्णाली प्रदेशमा ३ पदका गठबन्धनको तर्फबाट ३ र एमालेको तर्फबाट ३ जना गरी ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । तीन सदस्य राष्ट्रियसभा सदस्यको लागि सुदुरपश्चिम प्रदेशमा पनि गठबन्धनको तर्फबाट ३ र एमालेको तर्फबाट ३ जनाले उम्मेद्वारी दर्ता भएको छ ।

    राष्ट्रियसभा सदस्य चयनको लागि सम्बन्धित प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ हजार २५ जना मतदाता रहेका छन् ।

    निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार प्रतिसदस्य ४८ र स्थानीय तह प्रमुख तथा उपप्रमुखको मतभार प्रतिसदस्य १४ हुने व्यवस्था छ ।
    आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली काँग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

    प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.