स्याङ्जा ४ पुस । पुतलीबजार नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि रोशनी अंग्रजी आवासीय माध्यमिक विद्यालयले हात पारकोे छ ।
पुतलीबजार नगरपालिका १ मालेबगर खेल मैदानमा भएको प्रतियोगितामा रोशनीले १२ स्वर्ण, ३ रजत र १ कांस्य पदक जिल्दै उपाधि आफनो हात पार्न सफल भएको हो। उपाधीसंगै बिद्यालयले रनिङ शिल्ड सहित, कप, मेडल र प्रमाण पत्र पाएको छ ।
यसैगरी, प्रतियोगितामा कोल्मा बराहचौर माविले ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको छ । भूतपूर्व सैनिक आवासीय माविले २ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै तेस्रो बनेको छ । मातृभूमि माविले एक स्वर्ण, ४ रजत र एक कांस्य पदक जित्दै सान्त्वना स्थान हात पारेको छ ।
प्रतियोगितामा नगरपालिका भित्रका २४ विद्यालयका ६ सय ९१ खेलाडी सहभागि थिए । नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले उपाधी विजेता एवं अन्य पुरस्कृत सहभागीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।