स्याङ्जा, ३ माघ । पुतलीबजार नगरपालिका १४ निवासी १३ बर्षिय समिर मल्लको उपचारमा सहयोग पुरयाउने भन्ने उदेश्यले सौन्दर्यकला ब्यवसायीले सोमबार नगद सहयोग गरेका छन।
पुतलीबजार नगरस्तरीय सौन्दर्यकला ब्यवसायी समितिले घरदैलोगरी संकलित १ लाख २४ हजार ४ सय ७७ रुपैंयाको चेक हस्तान्तरण गरेको अध्यक्ष माया गोर्खालीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो्, ‘सामाजिक संजालमा यस्ता अभियान सुरु गरेको देखेपछि हामीले पनि सहयोग संकलन गरेरे बाबुको ज्यान बच्छ भने बचाउनु पर्छ भन्ने लागेर घरदैलोगरी यति रकम संकलन गरेका हौं।’
सौन्दर्यकला ब्यवसायीहरुले मल्लका ठूलाबुवा हरि मल्ललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। समितिका सचिव किर्ती लम्साल र कोषाध्यक्ष सुमन गुरुङ्ले मल्ललाई सो चेक प्रदान गर्नुभएको हो ।
केही महिनादेखि मल्ल काठमाण्डौं स्थित शिक्षण अस्पतालमा रक्त क्यान्सरको उपचाररत हुनुहुन्छ । स्यानीवैदी निवासी मल्ल श्रवण माध्यमिक बिद्यालयको कक्षा ९ मा अध्ययरत हुनुहुन्छ । दुई दिदीका एक्ला भाई हो उहाँ । बाबा लक्ष्मण मल्ल बैदेशिक रोजगारका लागि खाडी मुलुकमा हुनुहुन्छ भने आमा उहाकै उपचारका लागि काठमाण्डौंमा ।
कलिलो उमेरमै रक्त क्यान्सर देखिएपछि समिर मल्ल बचाउ अभियान सुरु गरेर रकम संकलन गर्ने अभियान अघि बढाइएको सौन्दर्यकर्मी लिसु अधिकारीको भनाई छ ।
यसैबीच, समिरको उपचारका लागि थप सहयोग पुगोस् भन्दै पुतलीबजार नगरपालिका १ ठाडोलाईन निवासी रविकृष्ण सप्लायर्श संचालक देउकुमारी श्रेष्ठले ब्यक्तिगत नगद ५ हजार रुपैयां सहयोग गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका १ अभियानपथमा एक कार्यक्रमगरी संकलित रकम हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा पुतलीबजार नगरपालिका अन्र्तगतका सौन्दर्यकला ब्यवसायीको सहभागि थिए।
Tuesday, January 21
Trending
- लोकतान्त्रिक यातायात ब्यवासायी संघ स्याङ्जामा दिपेन्द्र क्षेत्री निर्वाचित
- खुल्ला रक्तदानमा २५ युनिट रगत संकलन
- स्याङ्जाका निर्माण व्यवसायिद्धारा १४ बुँदे माग गर्दे प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र
- भूमिसमस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा
- कालीगण्डकी माबिले मनायो ३७ औ बार्षिकोत्सब
- नेवाः देय दवुको अध्यक्षमा हिक्मत श्रेष्ठ
- आँधीखोलामा टिप्पर दुर्घटना, एकको मृत्यु, चार घाईते
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण