स्याङ्जा। ७ भदौ । आज गाईजात्रा। नेवार समुदायमा वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झना तथा मृतकका आत्मशान्तिका भन्दै स्याङजामा पनि मनाउदैछन्।
हर्सोल्लास् सहित मानिसका भीडभाड गर्दै सडक, गल्ली गल्लीमा प्रर्दशनगरि मनाईने गाईजात्रा यसबर्ष पनि सिमित ब्यक्तिहरुका उपस्थितीमा गाइजात्रा मनाइएको छ ।
जनै पूर्णिमाको भोलीपल्ट आज कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा नेवार समुदायले स्याङजा सदरमुकाम लगायत बिभिन्न स्थापनीय पालिकामा पनि स—सानो समूहमा सामाजिक दुरी कायम गर्दे मास्कसंगै मनाउदै छन्।
आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन छ। यसरी परिक्रमा गराइएका गाइलाई नेवार समुदायकले पुजाआजा गर्ने गर्दछन। गाईजात्राका अवसरमा राजनीतिक तथा सामाजिक विकृति, विसंगतिप्रति व्यंग्य गरेर विभिन्न हास्यव्यङ्ग्यात्मक प्रस्तुति समेत हुने गरिन्छन्।
नेवार समुदायका मानिस मरेपछि सो बर्ष गाइ बनाएर, रामायण भक्तिगान गर्दे शहर बजार घुमाउने र खानपान गराउने चलन छ। गाइजात्राको पहिलोदिन मृतक परिवारका सदस्यले गाईको पुच्छर समाउदै नगरपरिक्रमा गर्ने गर्छन्।
नेवारी समुदायमा यस बर्षमा मृत्यु भएका आफन्तका सम्झनामा गाई वा डोकालाई गाईका प्रतिकात्मक रूपमा सिँगारी आ–आफ्ना गाँउ÷ठाउँमा समूह सहित परिक्रमा गराउने बिगतदेखिका प्रचलन हो।
यसो गर्दा मरेका ब्यक्ति गाईको पुच्छर समातेर वैतरणीनदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। सांस्कृतिक उत्सवका रुपमा मनाइदै आएको गाइजात्रामा गाईको महत्व धेरै देखिन्छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफनी रानीलाई जस्तै अन्यलाई पनि यस्तो शोक पर्छ भन्ने देखाउनका लागि मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर शहर परिक्रमा गराउनु पर्ने भनि प्रचलन चलाएको भनाई छ।
आठ दिनसम्म मनाइने यस पर्वमा व्यंग्यात्मक प्रदर्शन, रोपाईं नाँच, पुतली नाँच, बाघ शिकार, लाखे नाँच लगायत रामायणसारमा गीत तथा नाट्य प्रर्दशन समेत गरिने गाइजात्रा नाँच प्रर्दशन गर्ने गरिन्थे। तर, यसबर्ष भने सबै नाँच नहुने भएको छ।