स्याङ्जा १९ भदौ । युवा कवि मिलन समिरद्धरा लिखित कविता संग्रह लोकार्पण गरिएको छ । वालिङमा आयोजित कार्यक्रममा काव्य लोकार्पण तथा साहित्यिक भेला, रचना वाचन कार्यक्रम गरिएको हो ।
युवा कवी मिलन समिरद्वारा लिखित कविता सङ्ग्रह प्रिय दुश्मनको लोकार्पण गरिएको हो ।
लोकार्पण गर्दै कवि तीर्थ श्रेष्ठले कविता लेख्न त्यति सजिलो नभएको बताउनुभयो । कतिपय कवितामा व्याख्या गरिएको हुने उल्लेख गर्दै कवि श्रेष्ठले कविता लेखिसके पछि कविको काम सकिन्छ र त्यसको व्याख्या गर्ने काम पाठकको रहेको बताउनुभयो । नेपालमा राजनीति गर्ने र कविता लेख्ने काम सजिलो मानिन्छ तर सोंचे झैं सजिलो नभएको कवि श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा कमला अधिकारी, बालकुमार क्षत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे, चिन्तु गिरी, लोकहरि पाण्डे, ध्रुव शर्मा पङ्गेनी, लेखनाथ काफ्ले लगायतले रचना वाचन गर्नुभएको थियो ।
साहित्यकार तथा वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक देवीप्रसाद वनवासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वसन्त खनालले स्वागत एवं शम्भु अर्यालले संचालन गर्नुभएको थियो ।
Monday, July 14
Trending
- अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन