Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » माओवादीको बन्द सत्र जारी, प्रचण्डको प्रतिवेदनमाथि मंगलबारदेखि २५ समूहमा छलफल गर्ने तय
    राजनीति

    माओवादीको बन्द सत्र जारी, प्रचण्डको प्रतिवेदनमाथि मंगलबारदेखि २५ समूहमा छलफल गर्ने तय

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2021Updated:December 27, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट छलफल सुरु हुने भएको छ ।
    अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेश गरेसँगै सो प्रतिवेदनको छलफलका लागि २५ समूह विभाजन गरिएको हो ।

    विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद र सल्लाहकार परिषदको समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्रदेश २ को दुई समूहको छलफल पनि प्रज्ञा भवनकै पारिजात हलमा हुनेछ ।
    यस्तै पुस्तकालय हलमा लुम्बिनीको विभाजन गरिएको दुई समूहको छलफल हुनेछ भने गण्डकीको दुई समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ । यस्तै प्रवास समूहको पनि पेरिसडाँडामै हुनेछ ।

    यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको दुई–दुई समूहको ए वान पार्टी प्यालेस, विभागको क्वालिटी ब्याङ्क्वेटमा दुई समूहमा छलफल हुनेछ । यस्तै उपत्यका विशेष प्रदेश समूहको पनि क्वालिटी ब्याङ्क्वेटमा छलफल हुनेछ भने दुई समूहमा विभाजन गरिएको सम्पर्क समन्वयको क्रिष्टल पार्टी प्यालेस, बागमतीको दुई समूहको बानेश्वर ब्याङ्क्वेट, आयोगको पनि सोही ब्याङ्क्वेटमा छलफल हुनेछ ।

    यस्तै जवस, मोर्चा इन्चार्ज ,कार्यालयको काठमाडौं ब्याङ्क्वेटमा छलफल हुनेछ । बन्दसत्रमा देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुनेछ ।

    प्रस्तावमा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराए । त्यस्तै केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

    मंगलबार दिनभर समूहगत छलफल हुनेछ भने बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुने माओवादीले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.