स्याङ्जा, १२ साउन । गण्डकी प्रदेश शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिशेष परिस्थितीमा मन्त्री बनेको बताउनुभएको छ । कम्यूनिष्ट सरकारको बहुमत हुदाँहुदै आवधिक निर्वाचनको उत्तराद्र्धमा मन्त्री बनेको अवसरलाई जनहितमा उपयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस स्याङजाद्धारा मंगलवार यहाँ आयोजित स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समग्र प्रदेशको शैक्षिक गुणस्तर बृद्धि र सामाजिक विकासका पक्षमा काम गर्ने बताउनुभयो । पहिलो कार्यक्रम स्याङजाबाट सुरु गरेको उहाले बताउनुभयो ।
प्रादेशिक मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री श्रेष्ठले आफना ३ प्राथमिकता ‘महिला सशक्तिकरण, युवा स्वरोजगार र जेष्ठ नागरिक दिवा सेवा र उपचार’ रहेको जनाउनुभयो । उहाले यी कार्यक्रमलाई वडा स्तरसम्म पुरयाउनेगरी काम थाल्ने बताउनुभयो । उहाले भन्नुभयो ‘दिर्घकालिन र अल्पकालिन विकासका योजना अनुरुप कार्यक्रम तय गरिनेछन।’
कार्यक्रममा संबिधानसभा सदस्य राजु थापा, क्षेत्रीय सभापति १ र २ का तुलसीराम रेग्मी र देवबहादुर खाँण ईश्वर, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, महिला संघका सचिव तारा मल्ल लगायतले समग्र जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि रचनात्मक कार्य गर्न र बिद्यालय ब्यवस्थापन समिति गठनका नाउमा गरिएका राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने लगायतका बारेमा सुझाव दिनुभएको थियो ।
कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गर्नुभएको थियो ।
स्याङजा जिल्लाबाट मन्त्री बनेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले पार्टी कार्यालयमा स्वागत एवं सम्मान कार्यक्रम राखेको हो ।
Friday, November 14
Trending
- हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
- मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
- चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
- कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
