Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 22
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महाधिवेशन प्रतिनिधि उम्मेदवार इन्द्र रिजालको अनुरोध
    राजनीति

    महाधिवेशन प्रतिनिधि उम्मेदवार इन्द्र रिजालको अनुरोध

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2021Updated:September 10, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यूवानेता एवं वरिष्ठ पत्रकार इन्द्र रिजालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसको उर्वरभूमि स्याङ्जाको संसदीय क्षेत्र नं. १ बाट उहाले कांग्रेसको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको हो । । “कांग्रेसको संगठन हेर्ने भए स्याङ्जा जानु” भन्ने बीपी कोइरालाको भनाईलाई सम्झेर उहाले कांग्रेसको संगठन निमार्णमा लाग्ने निर्णय गरेको बताउनुभयो । पछिल्लो समय स्याङ्जा कांग्रेस विभिन्न गुटउपगुटमा लागेर कमजोर भएको महशुश गर्दै “गुटरहित कांग्रेस, बलियो कांग्रेस” को नारा लिएर चुनावी मैदानमा उत्रिने भएको दावी गर्नुभयो ।।

    पञ्चायतको बर्बर दमन र लोकतन्त्र माथिको ठाडो हस्तक्षेपका बिरुद्धमा किशोर अवस्थादेखि नै स्याङ्जा कांग्रेसको उहा क्रियाशिल रहनुभयो । न्यायका पक्षमा कलम चलाउने वरिष्ठ पत्रकार रिजाल देशभित्र मौलाएको विकृत राजनीति र यसले नेपाली समाजमा पारिरहेको नकारात्मक असरका कारण ब्यक्त गर्नुहुन्छ । पञ्चायतकालदेखि नै नेपाल बिद्यार्थी संघको कलम र मशाल अंकित झण्डा बोकेर राजनीतिक र वाक स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्ने रिजालले अहिले पत्रकारिता, लेखन र राजनीतिलाई एकैसाथ अगाडि बढाईरहर्नुभएको छ ।  

    बौद्विक प्रखरता र लेखनशैलीमा नयाँ अभ्यास समेत भित्र्याउने यूवा नेता रिजालले पत्रकारितामा निडर, निर्भिक र तीखो टिप्पणीको व्यवसायिक पहिचान बनाउनुभएको छ । कलमकै भरमा लोकतन्त्रको सुदृढीकरण र स्थिरताका पक्षलाई जोगाउन सफल रिजालले बिगत २९ बर्षदेखि नेपाली पत्रकारिताको मूलधारमा रहेर नेपाली कांग्रेसलाई बलियो बनाउने अभियानमा सक्रिय हुनुहुन्छ ।

    नेपाली कांग्रेसभित्र विधि, पद्दति र निष्ठाको राजनीतिलाई स्थापित गर्ने आफ्नो एकमात्र उद्देश्य बनाएका  यूवानेता रिजाल ०४५ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नवज्योति माविको नेविसंघ ईकाई सभापतिबाट आफ्नो विधिवत राजनीतिक यात्रा शुरु गर्नुभएका नेता रिजालले २०४८÷२०५० सालसम्म पोखरा बहुमुखी क्याम्पसमा नेविसंघ ईकाई सभापति भई काम गरेको अनुभव छ ।

    बिद्यार्थी राजनीतिमा अत्यन्तै कुशल र नेतृत्व तहले अति विश्वास गरेका यूवानेता ईन्द्र रिजालले २०५१ देखि २०५५ सालसम्म नेविसंघ स्याङ्जाको उपाध्यक्षमा रही स्याङ्जा कांग्रेसको सांगठनिक विस्तारमा रहनुभयो ।

    राजनीतिक यात्रालाई निरन्तरता दिदै काठमाडौंको शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापति, स्याङ्जा–काठमाडौं सम्पर्क समितिको पूर्व कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नुभएको छ ।

    रिजालले शंकरदेव क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर (एमबीए) गर्नुभएको छ । रिजालले अमेरिकाको फ्लोरिडास्थित विश्वबिद्यालय ईन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सेजबाट मानार्थ बिद्यावारिधि (पीएचडी) को उपाधि समेत प्राप्त गर्नुभएको छ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार दिने इच्छा प्रकट गर्नुभएका रिजालले अमूल्य मतदान गर्दे बिजयी गराउन एक प्रेस नोट मार्फत अनुरोध गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.