स्याङजा, ३० जेठ ।
सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डको भालुपहाडका ढुंगा, गिटी, बालुवा सहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
करिब ८÷९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार बर्षाका कारण पहाड खसेको हो । प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार आइतवार विहान २ बजेतिर पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।
फेदिखोला गाउँपालिका २ स्थित भालुपहाड कडा चट्टानी पहाड हो। निरन्तर डोजरको अतिक्रमणबाट यसले आउदा दिनमा झनै जोखिम निम्त्याउने देखिन्छ। राजमार्ग विस्तारका नाममा ढुंगााको ब्यापारको उदेश्य सहित जथाभावी डोजर चलाएको भन्दै जिल्लामा चर्को आवाज उठे पनि यसतर्फ सरोकारवालाले ध्यान दिएका छैनन्।
पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ।
पोखरा—सुनौली अन्र्तगतको सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। पोखराबाट सडक विभागको डोजर ल्याएर सडक खुलाउने तयारीमा जुटेको प्रहरीले जनाएको छ।
Sunday, November 9
Trending
- चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
- स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
- स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
- पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
- फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
- खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
- कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
- कृषकका असल साथी, सम्झनामा माधव सर
