स्याङजा, ३० जेठ ।
सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डको भालुपहाडका ढुंगा, गिटी, बालुवा सहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
करिब ८÷९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार बर्षाका कारण पहाड खसेको हो । प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार आइतवार विहान २ बजेतिर पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।
फेदिखोला गाउँपालिका २ स्थित भालुपहाड कडा चट्टानी पहाड हो। निरन्तर डोजरको अतिक्रमणबाट यसले आउदा दिनमा झनै जोखिम निम्त्याउने देखिन्छ। राजमार्ग विस्तारका नाममा ढुंगााको ब्यापारको उदेश्य सहित जथाभावी डोजर चलाएको भन्दै जिल्लामा चर्को आवाज उठे पनि यसतर्फ सरोकारवालाले ध्यान दिएका छैनन्।
पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ।
पोखरा—सुनौली अन्र्तगतको सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। पोखराबाट सडक विभागको डोजर ल्याएर सडक खुलाउने तयारीमा जुटेको प्रहरीले जनाएको छ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
