Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाढीपहिराले १६ को मृत्यु, २२ सम्पर्कविहीन, १६ घाइते दुई हजार विस्थापित
    समाचार

    बाढीपहिराले १६ को मृत्यु, २२ सम्पर्कविहीन, १६ घाइते दुई हजार विस्थापित

    Syangja SandeshBy Syangja SandeshJune 19, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    sf7df8f}F, @ c;f/ . l;Gw'kfNrf]ssf] d]nDrLdf cfPsf] af9L . af9Ln] nfvf}Fsf] hgwg;lxt s]lx bh{g dflg;x? x/fO/x]sf] 5g . t:jL/ M /f]zg ;fksf]6f, /f;;
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ ५ असार । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ। अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन्।

    मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन(तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक(एक जना रहेको गृह मन्त्रालयले जनाएको छ।

    बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन्।

    बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन्। बाजुरा र रुपन्देहीमा एक(एक जना बेपत्ता रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ।


    बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, यार्सागुम्बा टिप्न गएका मनाङ्का ७० जनाको पनि शुक्रबार नै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

    पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ। साथै, वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ।

    झण्डै दुई हजार विस्थापित

    बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ। कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ।


    प्राप्त विवरण अनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताए। प्रहरीका अनुसार यहीबीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ।

    बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ। उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन्।

    बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा तीन वटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन्। उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    May 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.