स्याङ्जा ३० भदौ । पुतलीबजार नगरपालिकाले रैथाने बाली संरक्षण सम्बन्धी नगरपालिका स्तरिय खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ ।
हरितालिका ती को अवसर पारेर पुतलीबजार नगरपालिका द्वारा आयोजित प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले रैथाने बाली लोप हुन थालेको अवस्थामा नगरपालिकाले रैथाने बालीको संरक्षणका जोड दिएको बताउनुभयो । रैथाने बालीका तुलनामा बर्णशंकर जातका वीउ विजन उत्पादनमा बढी भएता पनि टिकाउ नहुने जनाउदै हाम्रा रेैथाने बालीलाई जोगाउन आवश्यक रहेकोमा उहाले जोड दिनुभयो ।

स्वस्थ्य रहन र स्वस्थ्यकर खानाका लागि पनि रैथाने बाली उपयुक्त रहेको जनाउदै हरितालिका तीजको मौलिकपन, संस्कृति जोगाउन र फजुल खर्च नगर्न समेत उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष अग्नीधर पौडेल, मूल्यांकन समिति का संयोजक सुनिता पौडेल, कार्यपालिका सदस्य अनिता रुचाल लगायतले तीजको शुभकामना सहित आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
नगरउपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य यशोदा अर्यालले स्वागत एवं सदस्य संजीता अर्यालले संचालन गर्नुभएको थियो ।
प्रतियोगितामा पुतलीबजार नगरपालिका ११ का उपकार आमा समूह प्रथम, ११ कै गृहलक्ष्मी आमा समूह द्धितिय र ३ का कालाभैरब आमा समूह तृतीय भएका छन् । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः २५ हजार, १५ हजार र १० हजार नगर सहित प्रमाणपत्र पाउने उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।
