स्याङ्जा ८ मंसिर । नेपाली कांग्रेस स्याङ्जाको अधिवेशनपछि यत्रतत्र छरिएका फोहोरमैला अधिवेशनमा पराजित युवाहरुको सक्रियता मतदानस्थल वरपर सफासुग्घर गरिएको छ।
सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित सभागृहका भएको अधिवेशनपछि यत्रतत्र फिजारिएका फोहोरमैलालाई युवाहरुले सफाई गर्नुभएको हो ।
जिल्ला प्रवक्ता एवं संघिय महाधिवेशन प्रतिनिधिमा पराजित इन्द्रबहादुर गोदार, अल्पसंख्यक तर्फका महाधिवेशन प्रतिनिधीमा पराजित मोहम्मद शहिद अलि, महिलातर्फका कोैशिला पौडेल (करुणा), दिलिपाश्री अधिकारी तरुण दलका उपाध्यक्ष एवं प्रदेशसभा ख मा पराजित रविन केसी, प्रदेश प्रतिनिधीमा पराजित बिज्ञान भण्डारी, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा पराजित बद्री पौडेल, कांग्रेस जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अली, युवा नेता इश्वर अर्याल र प्रदेश महाधिवेशन प्रतिनिधी निर्वाचित बिदुषा बस्नेत रगायतले सभागृह परिसरको सरसफाई गर्नुभएको हो ।
निर्वाचनका बेला प्रयोग गरिएका पर्चा पम्लेट, खाजाका प्याकेट, पानीका बोतल लगायत यत्रतत्र फालिएका बस्तुलाई उनीहरुले ब्यवस्थापन गरेका हुन। सभागृहको प्रवेशद्धार (गेट) देखि भवनभित्रसम्मका फोहोरमैला सफाई गरेका थिए।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत स्याङ्जामा वडादेखि क्षेत्र र संघीय महाधिवेशन प्रतिनिधी चयन सम्बन्धी निर्वाचन सम्पन्न भएका छन्। कांग्रेसको आन्तरिक निर्वाचन कहिले पार्टी कार्यालयमा गरिए। कहिले पार्टी प्यालेस र सभागृहमा पनि।
निर्वाचनका बेला प्रयोग गरिएका पर्चा पम्लेट लगायत यत्रतत्र टाँगिएका र फालिएका कागजातले सभागृह परिसर दुषित देखिएपछि सफाईमा जुटेको प्रवक्ता गोदारले बताउनुभयो ।