Author: Bhawani Adhikari

स्याङ्जा १८ असार । वालिङ नगरपालिकाका कार्यपालिका सदस्य सीता बि.क. । बिगत ८ बर्षदेखि जनप्रतिनिधिका रुपमा अनबरत क्रियाशिल हुनुहुन्छ ३७ बर्षिया उहाँ । जनप्रतिनिधि सहित सामाजिक सेवामा आफुलाई क्रियाशिल बनाउदै आउनु भएका उहा अझ आफना बर्गियको हितका निम्ति दत्तचित्त भएर लागिपर्नु हुन्छ । सबैका प्रेरणाको स्रोत बन्नु भएका उहाँ आफुलाई दक्ष र सक्षम बनाउदै अघि बढीरहनु भएको छ । ब्यक्तिगत लाभ भन्दा सामाजिक सदभाव र मित्रता कायम राख्दै अघि बढनु भएको छ । ब्यक्तिगत क्षमताबृद्धिमा समेत आफुलाई निखारता ल्याउनु भएको छ । वालिङ् नगरपालिका १ सुनार गाउँ निवासी उहा सोही वडाका दलित महिला सदस्यमा निर्वाचित उनको यो दोश्रो कार्यकाल पनि…

Read More

स्याङ्जा ५ असार । पुतलीबजार नगरपालिकामा दलित तथा सिमान्तकृत वर्गको अधिकार सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले दलित तथा सिमान्तकृत वर्गको अधिकार सुनिश्चित गर्नका लागी राज्यले नै थुप्रै प्रयासहरु गर्दै आएको र ती राज्यले व्यवस्था गरेका अधिकारहरुलाई तोकिएको समुदाय र वर्गमा पुर्याउने जिम्मेवारी र दायित्व हामी सबैको रहेको बताउनुभयो । उहाँले दलित तथा सिमान्तकृत वर्गको अधिकार सुनिश्चित गर्ने कुरामा नगर सदैब सकारात्मक र प्रतिबद्ध रहेको र त्यसका लागी सुसुचित गर्ने जिम्मेवारी हामी सबैको रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्म राज ढुङ्गाना, कार्यपालिका सदस्य सञ्जिता अर्याल लगायतले शुभकामना मन्तब्य…

Read More

स्याङजा २३ जेठ । चुत्रो जातको जडिबुटी संकलन गर्ने तीनजना प्रहरी नियन्त्रणमा छन्। उनीहरु ३ जना बुधवार दिउसो पक्राउ परेका हुन्। अर्जुनचौपारी गाउँपालिका – ३ टाउँ घडेरीको चुत्रेनी जङ्गलमा चुत्रो जातको जडिबुटी संकलन गरेका पुनम गुरुङ, देवेन्द्र गुरुङ र जितबहादुर विक (अमृत) लाई प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पर्वत महाशिला गाउँपालिका – ४ का ३५ र ३२ बर्षका गुरुङ र २५ वर्षीय विकलाई नियन्त्रणमा लिई अनुसन्धानजारी रहेको प्रहरीको भनाई छ। अबैधरुपमा जडीबुटी संकलन गरेका उनीहरूबाट झण्डै ५ सय किलो चुत्रो जातको जडिबुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जडिबुटी संकलन गरिरहेको भन्ने सूचनाका…

Read More

स्याङजा २४ फागुन । एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर वालिङ उद्योग वाणिज्य संघ–महिला उद्यमी विकास समितिले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेको छ । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले यस क्षेत्रको अगुवा सामाजिक संस्था वालिङ उद्योग वाणिज्य संघका महिला उद्यमी इकाईका महिलाहरुले उद्यमशीलताको विकास गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उद्यमशीलता विकासका साथसाथै ब्यक्तित्व विकास र नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाले जोड दिनुभयो । साथै हाल महिलाहरु सामाजिक र राजनीतिक रुपमा अधिकार पाईसकेको र अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने उहाले भन्नुभयो ।कार्यक्रममा पूर्व अध्यक्ष द्वय कर्णबहादुर श्रेष्ठ, ले. यामबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य सरस्वती…

Read More

स्याङ्जा ११ भदौ । महिलाहरुको पर्व हरितालिका तिजलाई शभ्य र भब्य रुपमा मनाउन प्रहरी, प्रशासनले जिल्लाबासी सबै नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गरेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हर्षोल्लासका साथ मनाईने हरितालिका तीज पर्व कुनै तडक भडक नगरी मौलिक रुपमा मनाउन प्रशासनले अनुरोध आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा हस्ताक्षरित सूचनामा पछिल्ला समय तीज पर्व परम्परागत मौलिक चरित्र र सामाजिक सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने गरी अनावश्यक रुपमा खर्चिलो तथा भड्किलो हुँदै गएको र देखासिकीमा परिवारले धान्न नसक्ने तथा…

Read More

स्याङ्जा २५ साउन । सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाले ३१ औं सामुदायिक बन दिवस मनाएको छ । डिभिजन बन कार्यालय स्याङ्जाको सहयोगमा दिवस सहित अन्र्तक्रिया गरेको हो । उदघाटन गर्दै सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दोवबहादुर कार्कीले समुदायको सम्पतिका रुपमा रहेको बनको संरक्षण र उपयोगका लागि हरेक स्थानीय पालिकाले बन ऐन र नियमावली बनाएर कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।स्वदेशमा काठ कुहाउनु पर्ने र विदेशबाट महंगो दरमा किन्नु पर्ने वाध्यतालाई नितीगतरुपमा सच्चाउदै स्थानीय उपभोक्तामैत्री बन निति बनाउनु पर्नेमा उहाले जोड दिनुभयो । बन अधिकृत रुक्मागत सुवेदीले राज्यका निती नियमका बारेमा जानकारी गराउनु भएको थियो ।गास, बास र पानीको खोजीका लागि…

Read More

स्याङ्जा २५ साउन । स्याङ्जामा कविता महोत्सव हुने भएको छ । साउन ३१ गते राष्ट्रिय खुल्ला कविता प्रतियोगिता हुने भएको हो ।पुष्प–चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर पाहिलो पटक कबिता प्रतियोगिता हुने भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर स्व. केदारमान व्यथित र स्व. पुष्पमान श्रेष्ठको सम्झनामा खुल्ला कविता प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार पत्रकार सम्मेलन मार्फत कविता महोत्सव गर्ने तयारीमा जुटिरहेको संयोजक श्रेष्ठको भनाई छ । स्याङ्जालाई साहित्यिक जिल्लाको रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिने भएको हो । पुष्प–चन्द्र ट्रस्टको आयोजना तथा पुतलीबजार प्रज्ञाप्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको…

Read More

स्याङजा २० साउन । नेपाली काङ्ग्रेस स्याङ्जाले तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति दिवस बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ। पुतलीबजार नगरपालिका १ स्थित नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो । पंगेनीको छैटौं स्मृति दिवसका अवसर पारेर उहाँको जन्मथलो भीरकोट नगरपालिका १ बयरघारी आधीखोला किनारमा रहेको मोटरेवल सम्झनामा शालिक स्थापनाको लागि शिलान्यास कार्यक्रम भएको छ । कमल पंगेनी स्मृति प्रतिष्ठान र भीरकोट नगरपालिकाको सहकार्यमा भीरकोट नगरपालिका १ स्थित बयरघारी आँधीखोलाको किनारमामा रहेको मोटरेबल पुलको मुखमा शालिक राख्ने गेटको शिलान्यास गरिएको हो ।भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिलान्यास गर्नुभएको हो ।…

Read More

स्याङ्जा २५ पुस । भर्खरको कलकलाउदो उमेर छ। लाउँलाउँ र खाउँ खाउँ भन्ने उमेरमा मानसिक सन्तुलन गुमेको छ। आर्थिक अवस्था कमजोर भएका कारण राम्रो उपचार गर्न नसकिएको पारिवारिक स्रोतले जनाएको छ । भर्खर २३ बर्षे लागेकी सोममाया राना बिगत ३ बर्षदेखि मानसिक असन्तुलित रहेको उहाका बहिनी माया राना भन्नुहुन्छ । चारबर्ष अघि आफुले मन पराएको केटासंगै दिदीको बिहे भएको र त्यसपछि क्रमशः उहामा फरकपना देखिन थालेको रानाले बताउनुभयो । उहाहरुका एक छोरी छन् । उहाले भन्नुभयो, ‘सुरुमा भेनाले पनि उपचार गर्नुभयो। पछि छोरी सहित दिदीलाई पनि माइतै ल्याएर छाड्नु भो। एक÷डेढ बर्षदेखि दिदी माइतमै हुनुहुन्छ। अहिले भेना सम्पर्कमा आउनुहुन्न। ’…

Read More

स्याङ्जा २५ पुस । गण्डकी प्रदेशमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री नियूक्ति भएपछि आजै ३ सदस्यीय मन्त्रीमण्डल पनि गठर्न भएको छ। अधिकारीले आफ्नो दल एमाले सहित माओवादी, राप्रपा सहितको मन्त्रिमण्डल गठर्न भएको हो । मुख्यमन्त्रीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले समेत मन्त्रीको सपथ लिनुभएको छ । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरु सबै विना बिभागीय मन्त्री भएका हुन् ।

Read More

स्याङ्जा २५ कात्तिक । नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको जिम्मेवारी केदार काफ्लेलाई दिइएको छ। स्याङ्जाका सभापति राजु थापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बनेपछि काफ्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ ९ट० ले दिएको अधिकार प्रयोग गरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यबाहक सभापतिको जिम्मेवारी दिएको जानकारी दिनुभयो। नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका उपसभापति समेत रहेका काफ्ललेलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ। यसैगरी नेपाली कांग्रेस स्याङ्जाले मंसिर ४ गतेको निर्वाचनका लागि कांग्रेससहित गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन विभिन्न समितिहरु गठन गरेको छ। जिल्लास्तरीय अनुगमन समितिको संयोजकमा कार्यवाहक सभापति केदार काफ्ले, चुनाव प्रचार प्रसार…

Read More

स्याङ्जा कांग्रेसको इतिहास र वर्तमान खोदल्दा सम्झनै पर्नै नाम हो खगेन्द्रराज रेग्मी। जिल्लामा मात्र नभई उहाँका सहयोग कांग्रेस केन्द्रिय कार्यालयले समेत पाएको छ। स्याङ्जा कांग्रेसका कुशल संगठक र ज्यूँदा इतिहास पनि।

Read More

गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सवारी साधनमा प्रदेश सरकारले बढाएको कर शुल्क हटाउन माग गर्नुभएको छ। आन्तरिक मामिला मन्त्री दोबाटेसंगै स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा शुक्रवार सहभागी हुनुभएका सांसद मल्लले बढाईएको शुल्क तत्काल हटाउनु पर्ने बताउनुभएको हो।

Read More

बाइसे राज्य अन्तरगतको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरी हस्तान्तरण गरेको छ।

Read More

बालकदेखि नै कृषि शिक्षातर्फ आर्कषण बढाउने उदेश्यले स्याङ्जाको भीरकोट नगरपालिकाले भाग्योदय मावि उजेलीडांडामा थप कृषि प्राबिधिक बिषय पनि पढाउदै आएको छ। बिद्यालयले १८ महिने जेटिए प्राबिधिक कक्षा संचालन गरेरै सैद्धान्तिक एवं ब्यवहारिक शिक्षा पढाउदै आएको हो।

Read More