स्याङ्जा, ३ पुस । पत्नी हत्याको आरोपमा भीरकोटका ४५ बर्षे डबलबहादुर थापा पक्राउ परेका छन् ।
भीरकोट नगरपालिकाका भीरकोट ६ फोक्सीङ बस्ने थापाले बर्ष ४५ कै मायादेवी थापालाई कुटपिट सहित अचेत बनाएको भन्ने सूचनाका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी जानकारी दिनुभयो ।
‘पत्नीलाई हातपात र कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको भन्ने सुचना पाएपछि पुगेको प्रहरी अधिकृत सहितको टोलीले अचेत अवस्थामा देखिएकी मायादेवीलाई उपचारको लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे।’ उहाले बताउनुभयो।
हत्या आरोपित थापालाई थापालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ। उनका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुस १ गते साँझ पौने ७ बजे थापाले कुटपिट गरेको बताइएको छ।
Sunday, July 13
Trending
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान