स्याङ्जा २९ माघ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको ३८ औं जिल्ला सभा शनिवार स्याङ्जा सदरमुकाममा सम्पन्न भएकोे छ । पुतलीबजार नगरपालिका ३ स्थित वाडखोला उपशाखाको आतिथ्यतामा जिल्लासभा गरिएको हो ।
सभाको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले मानवीय सेवामा समर्पित रेडक्रसले बिगतदेखि आजसम्म स्वयंसेवी भूमिकामा समाज सेवामा सहयोग गर्दे आएको बताउनुभयो । रेडक्रसका ७ सिद्धान्त अवलम्बन गर्दे समाजसेवामा समर्पित रहन पनि उहाले सुझाव दिनुभयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, रेडक्रस जिल्ला सभापति दिनेश अर्याल, पूर्व सभापति भूवनबहादुर पौडेल, नेपाली कांग्रेसका सचिव धुवबन्धु पौडेल, रेडक्रसका केन्द्रिय सदस्य हिरादेवी शर्मा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, स्याङ्जाबजार उपशाखाका सभापति बन्दना लम्साल, ओरष्टे उपशाखा सभापति डिआर पोखरेल, वाडखोला उपशाखा सदस्य दिर्घनारायण शर्मा लगायतले रेडक्रस र सेवाका बारेमा जोड दिनुभयो ।
सभाले सभापति दिनेश अर्याल, मन्त्री रामचन्द्र अर्याल, उपकोषाध्यक्ष अर्जुनकुमार पौडेलका प्रतिवेदनलाई छलफल सहित पारित गरेको छ ।
यसैगरी, स्याङ्जा रेडक्रसका संस्थापक सभापति रामबन्धु रेग्मी र ओरष्टे उपशाखाका भुवनेश्वर वाग्लेको निधनप्रति शोकप्रस्ताव समेत पास गरेको छ ।
पुतलीबजार नगरपालिका ३ वाडखोला उपशाखाका सभापति श्रीराम उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य भवानी अधिकारीले स्वागत, जुनियर रेडक्रस सर्कल संयोजक बिष्णु गैह्रैले धन्यवाद एवं सचिव लेखनाथ शर्माले संचालन गर्नुभएको थियो ।
