काठमाण्डौ २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको छ । शनिवारदेखि सुरु भएको ‘नेपाल मास्क अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्नुभएको छ । उहाँले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ ।
सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो । सरकारले शनिबारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।
Friday, November 14
Trending
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
- चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
- कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
