स्याङ्जा १९ पुस । स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिका वडा नं. ३ मा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययनगर्ने नुरी ईस्लामिक (इदारा) विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
व्यवस्थापन समितिको अध्यक्षमा अलि मियाँ (मुमु), वरिष्ठ उपाध्यक्षमा निजामदिन मियाँ, उपाध्यक्षमा ईस्माईल मियाँ, सचिवमा शाह खालिद मियाँ, सह–सचिवमा सलीमा बानु, कोषाध्यक्षमा नुर महोम्मद अलि र सह–कोषाध्यक्षमा युसुफदिन मियाँ रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा कुदरत मियाँ, फारुकशाह, रहीमदिन मियाँ, अहमददिन अलि, सफीरा बानु, जहुर हुसैन मियाँ र महोम्मद अलि रहेको अध्यक्ष अलिमियाँले जानकारी दिनुभयो ।