Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 4
    Trending
    • चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
    • स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार
    • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा
    • जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ६ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश
    समाचार

    दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ६ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश

    Syangja SandeshBy Syangja SandeshJuly 12, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २८ असार । सर्वोच्च अदालतले असार २९ गते मंगलबार अर्थात् भोलि बेलुका ७ बजेसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ ।

    सोमबार लामो प्रतीक्षाको घडी चिर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्धमा परेको रिटमाथिको फैसला वाचन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिन र समय नै तोकिदिनुभएको हो ।

    देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गर्दै इजलाशले प्रतिनिधि सभाको बैठक ६ दिनभित्र बोलाउन पनि आदेश दिएको छ ।

    सर्वोच्च अदालतले संविधानको धारा ७६९५० बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि पनि प्रष्ट गरेको छ ।

    संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री दावी गर्न जानुभएका देउवा र केपी ओली दुबैको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्या भण्डारीले बदर गर्नुभएको थियो । उहाँले पछि सरकारको सिफारिशमा संसद नै विघटन गनुृभएको थियो ।

    ओली र भण्डारीको उक्त कदमविरुद्ध देउवासहितका १४६ जना सांस्दले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६९५० अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।

    सर्वोच्चले संविधानको धारा ७५९४० को प्रक्रियामा नगएकाले केपी शर्मा ओलीले ७५(५० अनुसार गरेको दाबी संविधानसम्वत नभएको बताएको छ ।

    राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नुुभएको थियो ।

    ३० वैशाखमा संविधानको धारा ७६९३० अनुसार प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था थियो ।

    तर उहाले ७६९२० को प्रधानमन्त्री रहिरहन विश्वासको मत लिँदाको परिस्थितिमा भिन्नता नआएको भन्दै फेरि विश्वासको मत लिन संसदमा नजाने भनेर ६ जेठमा ७६९५०अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गर्नुभयो ।

    राष्ट्रपतिले तोकेको समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता ओलीको दाबी परेको थियो । देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाउनुभएको थियो । ओलीले एमाले र जसपाको समर्थन आफूलाई भएको दाबी गर्नुुभएको थियो । उहाले आफूसँगै जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको हस्ताक्षर बुझाउनुभएको थियो ।

    राष्ट्रपति भण्डारीले दुबैको दाबी नपुग्ने निर्णय लिनु भयो र मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभयो ।

    ३० निवेदन सर्वोच्चमा

    प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन सर्वोच्च अदालतमा परे । त्यसमध्ये २६ वटा विघटन विरुद्धका थिए भने चार वटा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गरिएका निवेदन दिए । २६ वटामध्ये एउटा रिट देउवासहित १४६ जना सांसदको थियो । सांसदहरुले सर्वोच्चमा उपस्थित भएर मुद्धा दर्ता गरेका थिए ।

    विघटनसँग सम्बन्धित रिटहरुमाथि जेठ ९ गतेबाट सर्वोच्च अदालतको संवैधानिक इजालसमा निरन्तर सुनुवाई भएर असार २१ गते सकिएको थियो । ३० वटामध्ये देउवाको रिटलाई प्राथमिकतामा राखेर सर्वोच्चले मुद्धा फैसला गरेको छ ।

    विघटनको दोस्रो प्रयास पनि विफल

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो प्रयास थिएन । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपामा आफूविरुद्ध घेराबन्दी भएको भन्दै उनले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुन २०७७ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो ।

    तर प्रधानमन्त्री ओलीले आफ्नो निर्णय सही थियो भन्ने दाबी गर्न भने छाड्नु भएन । तर त्यो फैसलाको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नुभयो । त्यसलाई पनि सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.