काठमाण्डौ १८ पुस । दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद भवनमा ठूलो आगलागी भएको छ । सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
भवन नजिक मात्र आर्कबाइशप देसमन्ड टुटुको राष्ट्रिय शोक कार्यक्रम आयोजना गरिएको आपत्कालीन सेवाका प्रवक्ताले एएफपी न्युजलाई जानकारी दिनुभयो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भवनका पर्खालहरू चर्किरहेको बताइएको छ ।