स्याङ्जा ९ कात्तिक । पुतलीबजार नगरपालिका ७ ठूलाडिही बाचपुर निवासी सुजन गुरुङ्ले आफनो जन्मदिन पारेर बालगृहमा आश्रित बालबालिकालाई जिन्सी सामाग्री सहयोग गर्नुभएको छ ।
जन्मदिनका दिन गरिने खर्चलाई उहाले फेदिखोला स्थित अमोर सेवा नेपालमा आश्रित २३ जना बालबालिकालाई कपडा, शैक्षिक सामाग्री र खाद्यान्न सहयोग गरेको बताउनुभयो । गुरुङ्का अनुसार जाडोमा लगाउने न्यानो कपडा, कपी, कलम, शिसाकलम, खाद्यान्न सामाग (चामल, नून, तेल, बच्चाहरुका लागि खाजा) सहित नगद प्रदान गर्नुभएको हो ।
उहाले कपडा र शैक्षिक सामाग्री बालबालिकालाई हस्तान्तरण गर्नुभयो भने खाद्यान्न सामाग्री बालगृह संचालिका कमला पराजुलीलाई प्रदान गरेको गुरुङ्ले जानकारी दिनुभयो ।
