स्याङजा ७ चैत । चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा आज (बुधवार) दिउसो अन्दाजी ३ बजे नवजात शिशु भेटिएको छ ।
चापाकोट नगरपालिका ९ स्थित सामुदायिक बनमा बेवारिसे अवस्थामा (सालनाल नछुटिएको अवस्थामा) नवजात शिशु फेला परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शिशु जिवित रहेको र चापाकोट अस्पतालमा प्राथमिक उपचारपछि पोखरा गण्डकी मेडिकल कलेजमा पठाएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो।
बच्चा कसले जन्माएर किन फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।