स्याङजा, ६ असार । गोर्खा ट्रष्टद्धारा जिल्ला अस्पताल स्याङजालाई १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड प्रभावित बिरामीलाई लक्षित गर्दे गोर्खा वेल्फेयर ट्रष्ट नेपालले अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
ट्रष्ट नेपाल र ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम शाखाको संयुक्त सहयोग तथा स्याङजा शाखाको समन्वयमा ती स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।
ट्रष्टले ९÷९ लिटका २ वटा अक्सिजन कन्सन्ट्रेटर, १५ बटा अक्सोमिटर र १ सय ५० वटा पिपिई उपलब्ध गराएको छ ।
यसैगरी ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमले सर्जिकल मास्क, े केएन ९५ माक्स, पन्जा र सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपाल स्याङजा शाखाका निमित्त प्रमुख लिलप्रसाद गुरुङले अस्पताल प्रमुख डा. रमेश आचार्यलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री ग्रहण गर्दै प्रमुख डा. आचार्यले ट्रष्ट नेपाल र ग्रामीण खानेपानी कार्यक्रमलाई धन्यबाद दिदै अस्पतालमा उपलब्ध स्वास्थ्य सामाग्रीको सही सदुपयोग गर्ने बताउनुभयो ।
Tuesday, July 15
Trending
- अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन