Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ नगरपालिकाका १११ जना कृषक सम्मान
    गल्याङ् नगरपालिका

    गल्याङ नगरपालिकाका १११ जना कृषक सम्मान

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ पुस । गल्याङ नगरपालिकाले एक सय ११ जना किसानलाई सम्मान गरेको छ । नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
    नगरपालिकाद्धारा निर्मित नगर सभा हल भवनमा गरिएको सभा हल भवन, पशुसेवा शाखा भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन तथा कृषक सम्मान कार्यक्रममा किसानहरुलाई सम्मान गरिएको हो ।
    सम्मान कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कृषकहरुलाई पेन्सनको व्यवस्था गर्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले यसका लागि कार्यविधि बनाउने तयारीमा नगरपालिका लागिरहेको पनि जानकारी दिनुभयो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘जीवनभर कृषि पेशामा लाग्नेहरुलाई जीवनको उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले हामीले कृषक पेन्सनको अवधारणा ल्याएका छौं । सही कार्यविधि ल्याएर हामीले यसलाई लागू गर्नेछौं ।’
    उहाँले संसारमा सबै भन्दा ठूलो व्यक्ति कृषक भएको भन्दै कृषकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
    नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाले कृषकहरुको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याइरहेको भन्दै कृषकलाई हौसला दिन आफु सधैं प्रतिबद्ध रहेको बताउनुभयो । कृषि क्षेत्रबाट आत्मनिर्भर, रोजगारी र स्वरोजगारी सिर्जना गरी बैदेशिक रोजगारीको अन्त्य गर्ने चाहनामा आफु रहेको भन्दै उहाँले यसको तयारीमा आवश्यक सुझाब दिन पनि आग्रह गर्नुभयो । दुध, फुल र मासुमा आत्मनिर्भर बन्ने क्रममा नगरपालिका रहेको भन्दै अब थप कार्यक्रमहरु ल्याउने उहाँले स्पष्ट पार्नुभयो ।


    कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठले कृषकहरुलाई सम्मान गर्नु राम्रो काम भएको बताउनुभयो । सबैको साथ सहयोगले गल्याङ नगरपालिकाको प्रशासनिक भवन बन्न लागेको भन्दै उहाँले नगरपालिका बनेपछि छोटो समयमा नै धेरै परिवर्तन भैरहेको बताउनुभयो ।
    नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर रानाले नगरपालिकाले कृषकहरुका लागि धेरै महत्वपूर्ण कामहरु गरिरहेको बताउनुभयो । उहाँले कृषकहरुलाई प्रोत्साहन गरेर अझै उत्पादनमा जोड दिने काममा लाग्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका सदस्य धनमाया विकले कृषकहरुका लागि नगरपालिकाले ल्याएको नीति महत्वपूर्ण रहेको बताउनुभयो । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले आफ्नो कार्यकालमा स्थानीय जनताको हितका लागि सकेसम्म धेरै काम गरेको भन्दै अब मुल्याकंन गर्ने बेला आएको बताउनुभयो ।
    वडा नम्बर सात का अध्यक्ष रामविर गुरुङले किसानहरुको पक्षमा नगरपालिकाले गरेका कामहरुको बारेमा स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, अदुवा उत्पादन तथा प्रशोधन केन्द्र वालिङका शिबलाल डुम्रे, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष लेखनाथ भट्टराई, गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, उपाध्यक्ष कुमार श्रेष्ठ, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, सभासदहरु, कर्मचारी लगायत विभिन्न दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले भर्खरै सम्पन्न भएका तीन वटा भवनहरु नगर सभा हल भवन, पशुसेवा शाखा भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन पनि गर्नुभएको थियो । नगर सभाहल नगरपालिकाको लागतमा बनेको भवन हो भने पशु सेवा शाखा भवन विश्व बैंकको सहयोगमा नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) को लगानीमा बनेको हो । यस्तै, आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन संघीय सरकारको सहयोगमा बनेको भवन रहेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025

    उत्तरबाहिनी गण्डकी महामेला एवं एक महिने दामोदर धर्मोत्सव आजदेखि सुरु

    October 7, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.