पोखरा २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको प्रस्ताव प्राप्त गर्न नसकेपछि गुरुङ सरकार ढलेको छ । आज प्रदेश सभामा भएको विश्वासको प्रस्तावमाथि मतदान हुदा गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा भने ३० मत प¥यो । दीपक मनाङे अनुपस्थित हुँदा जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा भने तटस्थ रहनुभएको थियोे । सभामुखले बराबर भएमा मात्र मतदान गर्न पाउने प्रावधान छ । प्रदेश सभामा सभामुख सहित ६० सदस्य छन् । गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उहाले आजका लागि समय माग्नुभएको थियो । अब प्रदेश प्रमुखले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुहुनेछ ।
Monday, April 21
Trending
- मोटरसाईकल चोरीको आरोपमा २ जना प्रहरी नियन्त्रणमा
- माछा मार्ने बिद्युत्तीय सामान सहित खोलामेै मृत भेटिए सेन
- जवरजस्ती करणीको आरोपमा ५५ बर्षिय दमै पक्राउ
- चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ
- सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ
- पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम
- मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु
- पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम