Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकीको नीति तथा कार्यक्रम ः मृतकका परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार
    गण्डकी प्रदेश

    गण्डकीको नीति तथा कार्यक्रम ः मृतकका परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार

    Syangja SandeshBy Syangja SandeshJune 15, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा, १ असार । गण्डकी सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारलक्षित नीति तथा कार्यक्रम ल्याएको छ । शनिबार गठबन्धनको नेतृत्वमा सरकार बनेपछि सोमबार हतारमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । कोभिड १९ संक्रमणबाट बाबु आमा गुमाएका बालबालिकालाई नगद राहत दिने सरकारी घोषणा छ । संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबै नागरिकका परिवारलाई नगद उपलब्ध गराउन लागिएको हो । कति रकम दिने भन्ने बजेटमा व्यवस्था हुनेछ । यस्तै, कोभिड महामारी विरुद्ध खटिएका र उत्कृष्ट काम गरेका स्वास्थ्य कर्मीहरुलाई ‘कोरोना फ्रन्टिएर सर्वोत्कृष्ट सेवा पुरस्कार’ दिने घोषणा गरेको छ ।

    दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको उद्धारका लागि एयर लिफ्टिङलाई निरन्तरता दिईएको छ भने स्थानीय तहसँगको साझेदारीमा गर्भवती र सुत्केरीको घर घरमा दक्ष स्वास्थ्यकर्मी सेवा विस्तार गर्ने बताइएको छ । सरकारले ५० शड्ढयाका सबै अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सन्चालन गर्ने घोषणा गरेको छ । ‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका र निलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य बिमामा निशुल्क गराउने कार्यक्रम अघि सारेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मृगौला र क्यान्सर रोगको उपचारका लागि स्तरीय उपकरण व्यवस्था गर्ने, पोखरामा ट्रमा सेन्टर स्थापना गर्ने, एम्बुलेन्स नभएका स्थानीय तहमा एम्बुलेन्स व्यवस्था गर्ने लगायत कार्यक्रम समेटिएका छन् ।

    ५ सय बेडको अस्पताल बनाइने

    सरकारले गण्डकी विश्वविद्यालयमा ५ सय शड्ढयाको शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । त्यसमा ३ सय ५० बेडको जनरल अस्पताल, ५० बेडको मुटु रोगको उपचार कक्ष, ५० बेडको मृगौला र ५० बेडको अर्बुद रोग उपचार वार्ड बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यो वर्ष अस्पताल डिपिआर तयार गरी निर्माण नै सुरु हुने छ । गण्डकी सरकारले अघिल्लो वर्ष आफ्नै विश्वविद्यालय स्थापना गरेको हो ।

    स्थानीय तहको केन्द्र जोड्ने सडक कालोपत्रे

    सरकारले स्थानीय तहको केन्द्र जोड्ने सडकलाई २ वर्षभित्र कालोपत्रे गरिसक्ने घोषणा गरेको छ । यसअघिको सरकारले ल्याएको कार्यक्रमलाई निरन्तर गर्दै सडकको स्तरोन्नतीमा जोड दिइएको हो । प्रादेशिक लोकमार्ग र स्थानीय तहको केन्द्र जोड्ने सडक र अरु सडकमा पुल निर्माणलाई तीब्रता दिने, सबै सडकमा बाह्रै महिना गाडी चल्ने गरि स्तरोन्नति गर्ने, भीमाद–डेढगाउँ–अरुणखोला सडक, शालिग्राम कोरिडोर, रुइला भन्ज्याङ–साम्दो हुँदै सिर्दिवास जोड्ने सडक, डुम्रे मनाङ सडकको कामलाई निरन्तरता दिएको छ । लाइफलाइनको रुपमा रहेको कोरलादेखि पोखरा हुँदै दुम्कीबास जोड्ने सडक निर्माणलाई तीब्र बनाउने घोषणा गरिएको छ ।

    सरकारले पूरानै सरकारको पदचाप पछ्याउँदै गण्डकीलाई नेपालको मुख्य पर्यटन केन्द्र विन्दु र पोखरालाई राजधानीको रुपमा विकास गर्ने कार्यक्रमलाई छोडेको छैन । होमस्टेलाई वर्गीकरण गरी सुदृढीकरण गर्ने, अन्नपूर्ण, धवलागिरी, मनाश्लु क्षेत्रमा पदमार्ग र सौन्दर्यीकरण गरिने, नारायणी नदीमा बीच पार्क निर्माण गर्ने, पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने कार्यक्रम समेटिएका छन् । गण्डकीलाई उज्यालो प्रदेश घोषणा गर्न सबै घरमा बिजुली विस्तार गर्ने बताइएको छ । प्रदेश विपद् कोषमा रकम थपेर आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सुदृढ गर्ने, प्रदेश प्रहरी गठन गर्ने, एक पालिका एक खेल मैदान निर्माण, जग्गा चक्लाबन्दी, समयमै रासायनिक मलको व्यवस्थापन गर्ने नीति कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरी नदीजन्य स्रोतको उत्खननलाई वातावरण मैत्री बनाउने घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै वन पैदावरमा आधारित मझौला उद्योग स्थापनामा जोड दिने बताइन् ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलबार ल्याउने भएको छ । संघबाट प्राप्त अनुदान, प्रदेशबाट उठ्ने राजश्व र यो वर्ष खर्च नभएको रकम थपथाप गरी पोहोरकै हाराहारीमा बजेट आउनेछ । मंगलबार बिहान १० बजे सुरु हुने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ । त्यसपछि लगत्तै बस्ने बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्नेछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.