पोखरा ४ असार । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । उहाले आज राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गर्नुभएको हो । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरेका थिए भने २७ सांसद विपक्षमा उभिएका थिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाउनुभयो । एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका थिए ।
अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो । उहाको कारबाहीले पोखरेल समूहलाई झनै सहज बनाएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । सभामुखले मत हाल्न नपाउने ब्यवस्था छ ।
छलफलमा निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका लागि सरकारले काम गर्दै गए आफ्नो जहिले पनि समर्थन रहने बताउनुभयो । कार्यक्रममा एमालेका मायानाथ अधिकारी, कांग्रेसका विष्णु लामिछाने, माओवादीका रामजी बराल जीवन, धनमाया लामा पोखरेल, कृष्णबहादुर थापा, मिना गुरुङ, मनबहादुर गुरुङ, ओमकला गौतम, धनञ्जय दवाडी, पियारी थापा लगायतले भाग लिएका थिए । जेठ २९ गते नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
Thursday, December 18
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
