स्याङजा, २७ जेठ । कोरोना भाइरस संक्रमण बढीरहेको बेला खुमा फाउण्डेशनले झण्डै २ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गण्डकी मेडिकल कलेजका संचालक एवं डा. लुना अर्यालले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङखोला युवा क्लवलाई ती सामाग्री प्रदान गर्नुभएको हो । क्लवका अध्यक्ष कृष्ण थापालाई डा. अर्यालले सेनीटाइजर, मास्क, पिपिई, एक्सिमीटर लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो । सामाग्री हस्तान्तरण गर्दे उहाले कोरोनाको संक्रमण बढीरहेकाले सबैजना सजगरही स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने बताउनुभयो । सरुवा रोग भएकाले आफु सुरक्षित र अरुलाई पनि सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी रहनेमा जोड दिनुभयो । कार्यक्रममा वडाअध्यक्ष दुर्गबहादुर शाह, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश उपमहासचिव सुनिल अर्याल लगायतले खुमा फाउण्डेशनको परोपकारी सेवाप्रति धन्यवाद दिनुभएको थियो । क्लवका अध्यक्ष कृण्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल अधिकारीले गर्नुभएको थियो ।
Wednesday, July 16
Trending
- निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
- भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
- अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज