Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 16
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त
    लुम्बिनी प्रदेश

    कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

    Syangja SandeshBy Syangja SandeshAugust 12, 2021Updated:August 12, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ ।

    नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघि, लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको थियो ।

    मुख्यमन्त्री केसीले आजै शपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ ।

    को हुन् केसी ?

    नेकपा माओवादीका प्रदेश संसदीय दलका नेता केसी पार्टीभित्र ‘सोनाम’ उपनामले चिनिन्छन् । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिका–६ जिवाङ निवासी उनी २०२७ साल माघ १० जन्मिएका हुन् । जनयुद्धकै समयदेखि उहा माओवादीमा रहेर राजनीतिक रुपमा क्रियाशील हुनुहुन्छ ।

    केसीले २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिनुभएको थियो । उहा २०४६ सालमा अखिलको जिल्ला सचिव बन्नुभयो।

    २०४८ सालमा प्राथमिक तहको शिक्षक उहा २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रदर्शन गरेबापत शिक्षक पेसाबाट बर्खास्त हुनुभएको थियो ।

    २०५५ सालमा केसीले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारीमा हुनुहुन्थ्यो । २०५७ सालमा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भएका उनले पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसार हुनुभयो ।

    २०५७ सालमा उहा पार्टीको पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य हुनुभयो। केही समय भारतमा जेल जीवन बिताउनुभएका उहा २०६३ साउन २५ गते भारतीय जेलबाट रिहा हुनुभयो।

    वैद्य छाडेर प्रचण्डतिर

    माओवादी विभाजन भएपछि केही समय उहा मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा बस्नुभयो । उहा दोस्रो संविधानसभा बहिष्कार अभियानमा वैद्यसँगै लाग्नुभयो । तर, रामबहादुर थापा ‘बादल’सँगै उहा पुनः माओवादी केन्द्रमै फर्किनुभयो । बादल अहिले एमालेमा तर, कुलप्रसादले भने बादलको साथ छाडेर प्रचण्डको मूलधारमै फर्किनुभयो ।

    २०७२ सालमा नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय कार्यालय सदस्य हुनु भएका केसी २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित हुनुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी

    January 11, 2023

    नेपाली कांग्रेस लुम्बिनी सभापतिमा अमरसिंह पुनविजयी

    December 6, 2021

    लुम्बिनीमा नवनियुक्तमन्त्रीहरूद्धारा सपथ ग्रहण

    October 10, 2021

    लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

    August 23, 2021

    लुम्बिनीका सात मन्त्रीद्वारा सपथ ग्रहण

    August 12, 2021

    लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान

    August 11, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.