स्याङजा, २ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य धनराज गुरुङलाई मातृ शोक परेको छ । नेता गुरुङकी आमा प्यारी गुरुङको ९२ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय गुरुङको फोक्सोमा समस्या थियो । पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारत उहाको मंगलबा।र निधन भएको हो ।
उहाँका ४ छोरा हुनुहुन्छ । उनका पति र एक छोरीको भने निधन भइसकेको छ । आफनै घर अर्जुनचौपारी २, लामडाँडामा बुधवार (भादै २ गते) बौद्ध धर्म र संस्कार अनुरुप अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।