स्याङ्जा २३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उदघाटनको अघिल्ला दिनसम्म संस्थापनपक्ष र संस्थापनइतर पक्षले आ आफना प्यानलका उम्मेदवारका सूचि सार्वजनिक गर्न नसकेका बेला केन्द्रिय समितिको महत्वपूर्ण पदमा स्याङ्जाका २ प्रभावशाली नेताले आ आफना उम्मेदवारीको घोषणा सार्वजनिक गर्नुभएको छ ।
स्याङ्जाका गोपालमान श्रेष्ठले केन्द्रिय सभापतिमा र धनराज गुरुङ्ले केन्द्रिय महामन्त्री पदको आकांक्षा प्रकट गर्नुभएको हो ।
नेपाली कांग्रेसको बलियो संगठन मानिएको स्याङ्जाका श्रेष्ठ र गुरुङ् १३ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुहुन्छ ।
निरंकुश शासन ब्यवस्था बिरुद्ध सशक्त आवाज उठाउदै नागरिक स्वतन्त्रताका निम्ति बिभिन्न चरणबद्ध आन्दोलनमा सहभागी बने गोपालमान श्रेष्ठ वि.संस २०१४ सालको भद्र अवज्ञादेखि राजनीतिक यात्रा सुरु गर्नुभएका श्रेष्ठ नेपाल बिद्यार्थी संघदेखि राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ गण्डकी छात्र परिषदको अध्यक्ष हुदै स्याङ्जा कांगे्रस जिल्ला सभापतिदेखि केन्द्रिय कार्यवाहक सभापतिसम्म बन्न अवसर पाउनुभयो ।
पूर्वउपसभापति र हाल केन्द्रिय सदस्य हुनुहुन्छ । नेपाली कांग्रेस बिभाजनपछि प्रजातान्त्रिक कांग्रेस समर्थित उनी तत्कालिन सभापति शेरबहादुर देउवालाई शाही शासकले जेलमा राख्दा श्रेष्ठले नै निर्वाचन गराई पुनः देउवालाई नै सभापति बनाउनुभएको थियो ।
श्रेष्ठ ४ पटक (बन, वाणिज्य, भौतिक योजना तथा निर्माण, शिक्षा) मन्त्री र उपप्रधानमन्त्री बन्न सफल हुनुभयो । जिल्लाको विकासमा समेत उनको योगदान उल्लेख्य छ। स्याङ्जा सदरमुकाममा जन्मथलो भएका उहा वालिङ्लाई राजनीतिको कर्मथलो बनाउदै सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आउनुभएको छ ।
वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालिन स्याङ्जाका ४ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसलाई जिताउन उहा सफल हुनुभयो । त्यतीवेला श्रेष्ठ नेपाली कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो ।
तत्लोतहदेखि माथिल्ला तहसम्म काम गर्ने अवसरले आफुलाई सभापति पदमा दावेदार रहेको श्रेष्ठको भनाई छ। नेपाली कांग्रेसलाई बलियो बनाई आउदो निर्वाचनपछि मुलुकलाई कांग्रेसमय बनाउन र समावेशी प्रतिनिधित्वका लागि आफनो उम्मेदवारी रहेको केन्द्रिय सभापति पदका आकांक्षी श्रेष्ठको भनाई छ।
यसैगरी, स्याङ्जाको खिलुङ् देउराली गाविस अर्थात हालको भीरकोट नगरपालिकामा जन्मेका धनराज गुरुङ्ले महामन्त्री पदमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ ।
भीरकोटकै दहथुम माध्यमिक बिद्यालयबाट राजनीति सुरु गर्नुभएका गुरुङ पनि हाल नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुन। उनले २ पटक केन्द्रिय सदस्य बन्ने अवसर पाउनुभयो ।
बिद्यालय जिवनदेखि बिद्यार्थी संघमा आवद्ध उहा नेपाल बिद्यार्थी संघ पृथ्वी नारायण क्याम्पसको इकाई सभापति, नेविसंघ केन्द्रिय सभापति, तरुण दलको केन्द्रिय सचिव हुदै २ पटकसम्म सांसद बन्नुभयो ।
पहिलो र दोश्रो (२०६४ र २०७०) गरी दुई पटक नै संबिधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बन्नुभएको हो ।
प्रखर वक्ता गुरुङ्ले केन्द्रिय समितिको महत्वपूर्ण पद महामन्त्रीमा आफनो उम्मेदवारी सार्वजनिक गर्दै समग्र कांग्रेस सहित युवा बर्गका हक, हित र अधिकारका पक्षमा काम गर्दे सबै कांग्रेसजनलाई गोलबद्ध गर्ने जनाउनुभयो ।
योसंगै कांग्रेसको केन्द्रिय सभापति, महामन्त्री र ५ सदस्यमागरी स्याङ्जा ७ जनाले आ आफना उम्मेदवारी घोषणा सार्वजनिक गरिसक्नु भएको छ ।
Friday, January 17
Trending
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण
- वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज
- आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व मनाईदै
- मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन
- आजदेखि एक महिने स्वस्थानी व्रत शुरू
- प्याब्सन स्याङजाको अध्यक्षमा राजेन्द्र गोदार निर्वाचित
- निजी तथा सरकारी बिद्यालयबीच बिभेद नगरौं — उपाध्यक्ष अधिकारी
- चण्डीकालिका बचत तथा सहकारीको साधारणसभा सम्पन्न