Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उस्मान बचाउ अभियान जारी
    समाचार

    उस्मान बचाउ अभियान जारी

    Syangja SandeshBy Syangja SandeshAugust 21, 2021Updated:August 21, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, ५ भदौ । स्याङजामा उस्मान अलि बचाउ अभियानलाई जारी राखिएको छ । जिल्ला स्थित मुस्लिम समुदायका युवा युवतीले अभियानलाई जारी राखेका हुन । उस्मानको उपचारका लागि अभियानकर्ताहरुले स्वतस्र्फुत दानको अपेक्षा गरेका छन् । आ आफना क्षमता र दक्षता अनुरुप दान गरेर उस्मानको उपचारमा सहयोग गर्न उनीहरुको आग्रह हो ।
    तनहुँको शुक्लागण्डकी नगरपालिका–५ निवासी ९ महिने बालक उस्मान अलीको उपचारका लागि धेरै रकम लाग्ने भएपछि सबै जिल्लामा यस्तै सहयोगका अभियान संचालन गरिएका छन । विश्वकै दुर्लभ रोगमध्येको एसएमए (मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग संकलन सुरु गरेको सातादिनमा बालकको हालसम्म करिब ४ लाख सङ्कलन भइसकेको स्याङजा मुस्लिम युवा क्लबका अध्यक्ष सागिर अलिले जानकारी दिनुभयो ।
    उपचारका लागि सबै क्षेत्रबाट सक्रिय भएर आर्थिक सङ्कलन कार्य भइरहेको छ । उक्त रोगको उपचार नेपालमा नहुने र उपचारका लागि विदेश लैजानुपर्ने हुँदा खर्चिलो हुने बताइएको छ । यस रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने र यो औषधि विश्वकै महँगो पर्ने बताइएको छ । विश्व बजारमा यसको मूल्य अमेरिकी २ दशमलब १ मिलियन डलर अर्थात् झण्डै नेपाली रुपैंया २६ करोड पर्ने हुँदा यसको उपचार सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ ।
    यसैले जिल्लाबासी युवायुवती तथा देश विदेशमा रहेका नेपालीको सक्रियतामा उक्त रकम सङ्कलन गर्नु आवश्यक छ । एका÷दुई ब्यक्तिबाट संकलित रकमले उपचारमा संभव देखिदैन । त्यसैले सबैले थोपा थोपा रकम संकलन गरेर उस्मान उपचारको अभियानमा जोड दिइएको स्याङजा बाडखोला मुस्लिम समाजका अध्यक्ष हाजी शेर अलीले जानकारी दिनुभयो ।


    यसैक्रममा स्याङजा र स्याङजाबाट विदेशमा जानेहरुले समेत उपचारका लागि सहयोग गर्दै आउनुभएको छ । यसैगरी, स्याङजा घरभई रोजगारका लागि यूकेमा रहनु भएका रहिमदिन अलिले ५० हजार, नुवाकोट घर र स्याङजा ससुराली भएका जमिल खान र उनका पत्नी (सबिना निशा) ले २६ हजार, क्यानडामा रहनुहुने अस्लम अलिले २० हजार र अर्जुन मरासीनीले १० हजार रुपैंया ब्यक्तिगत सहयोग गर्नुभएको छ ।


    यस्तै, स्याङजा जिल्ला उद्योग वाणिज्य संघ परिवारबाट २२ हजार ५० रुपैंया, लायन्स क्लव अफ स्याङजाले १५ हजार , स्कुल अफ डेमोक्रेसीले १५ हजार रुपैंया उपलब्ध गराउनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.