स्याङ्जा २२ चैत । उद्योग वाणिज्य दिवसको पूर्वसन्ध्या पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले विहीवार रक्तदान कार्यक्रम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक सुरुवातको घोषणा गर्नुभयो । आफुसंग भएको रगतले अर्को ब्यक्तिले जीवन पाउने र यहाँ भन्दा ठूलो पुण्यकार्य अर्को नहुने बताउदै स्वास्थ्यकर्मीका सल्लाह बमोजिम रगत दान गर्न सुझाव दिनुभयो ।
स्याङ्जा उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको संयुक्त आयोजना तथा सहयोगमा रक्तदान गरिएको हो।
पुतलीबजार नगरपालिका १ सहिदचोकमा गरिएको रक्तदानमा ३५ जनाले रगत दान गरेको स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो रगत दान गर्नेमा १२ महिला र २३ पुरुष रहेको उहाले जानकारी दिनुभयो ।
यहाँ संकलित रगत जिल्ला अस्पताल स्याङ्जा स्थित ब्लड बैंकमा राख्ने र आवश्यकता अनुरुप विरामीका लागि प्रयाग गरिने रेडक्रसका सभापति दिनेश अर्यालको भनाई छ ।
उद्योग वाणिज्य दिवस र्चैत २८ गते पर्ने महासचिव रविन केसीले जानकारी दिनुभयो । दिवसका अवसरमा संघले बिभिन्न कार्यक्रम गरेर मनाउने भएका छन्।