स्याङ्जा १९ भदौ । नेपाल राष्ट्रिय शिक्षक सगठनको आधीखोलामा भएको दोस्रो अधिवेशनले दिप्तीनारायण शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको महिला उपाध्यक्षमा सङ्गिता लामिछाने र अर्का उपाध्यक्षमा प्रेमप्रसाद पौडेल, सचिवमा धनीराम ढकाल, सह सचिवमा प्रिती गुरुङ, कोषाध्यक्षमा निलकण्ठ शर्मा सहकोषाध्यक्षमा शान्ति पौडेल, सदस्यहरुमा भुषण लामिछान,े खिमराज पौडेल, गिरबहादुर कार्की, रामकृण्ण लामिछान,े पुर्खराज पौडेल, रामचन्द्र रिजाल, सुनिता ढकाल, कमला नेपालीलाइ चयन हुनु भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर कुमार पौडेलले शिक्षकहरु पेशा प्रति इमान्दार र समयानुकुल दक्षता हासिल गरी विद्यार्थीको उज्जवल भविश्यको लागि खट्नुपर्ने बताउनुभयो । सवै शिक्षक साथीहरु सङ्गठनमा आवद्ध भई आधुनिक प्रविधिको उपयोग गर्दै सिकाइ गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय शिक्षक सङगठन स्याङ्जाका अध्यक्ष हिमलाल ढकाल, पूर्व विद्यालय निरिक्षक देवराज लामिछाने, शिक्षक दोलराज ढकाल डिलबहादुर थापा लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो । अध्यक्ष जिवनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लिला तिवारीले स्वागत एवं पूर्खराज पौडेलले संचालन गर्नुभएको थियो ।
