Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 16
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोला गाउँपालिकाको पन्ध्रौं सभामा प्रस्तावित नीति तथा कार्यक्रम पारित
    आँधीखोला गाउँपालिका

    आँधीखोला गाउँपालिकाको पन्ध्रौं सभामा प्रस्तावित नीति तथा कार्यक्रम पारित

    आँधीखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 22, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असार । आँधीखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ । हरेक नागरिकको बिमा बापत लाग्ने शुल्क पालिकाले भुक्तानी गर्नेछ भने दुर्घटनामा घाइतेले एक लाख बराबरको औषधी उपचार खर्च पाउने छन् । मृत्यु भएमा एक लाख नगद पालिकाले हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।

    हरेक वडामा मोटर बाटो, हरेक वडा कार्यालय बनाएर सङ्घीयताको प्रत्याभूति गरेको पालिकाले यस आर्थिक वर्षमा समेत स्वास्थ्य, शिक्षा र पूर्वाधारमा चासो देखाएको छ । पालिकाले शिक्षा क्षेत्रमा सकारात्मक, गुणात्मक, नतिजामूलक परिवर्तन गर्न अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको छ ।

    विद्यालयमा विद्यार्थीको पहुँच तथा विद्यार्थी सङ्ख्या समेतको आधारमा आवश्यक मापदण्ड निर्माण गरी विद्यालयको नक्साङ्कन, समायोजन तथा एकीकरण, स्थगन, दरबन्दी मिलान गरी विद्यालय व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।“हाम्रो विद्यालय, राम्रो विद्यालय” निर्माणका निमित्त सम्बन्धित विद्यालय अभिभावक तथा सरोकारवालालाई स्वयम् जिम्मेवार बनाउन प्रयत्न गरिने छ भनिएको छ । विद्यालय भवन, छात्रावास, शौचालय निर्माण, सुरक्षित घेरावार, स्वच्छ खानेपानी, सुरक्षित खेलमैदान, फूलबारी, करेसाबारी, बगैँचा निर्माणजस्ता कामलाई विशेष जोड दिने नीति तथा कार्यक्रममा समेटेको छ ।

    पालिकाले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच भन्दै गर्भवती तथा सुत्केरी महिला, नवशिशू, बालबालिकाको पोषण परामर्श र गुणस्तरीय स्वास्थ्य सेवासहित गर्भवती महिलाका लागि प्रत्येक महिना स्वास्थ्य संस्था गई गर्भजाँच गराउन प्रोत्साहन साथ अण्डा र क्याल्सियम चक्की वितरण साथै उत्तर प्रसूति जाँच सेवाका लागि घर घरमा गई जाँच गर्ने भनिएको छ । दुई बर्षमुनिका बालबालिकाको लागि स्वास्थ्य संस्था, खोप केन्द्र तथा गाउँघर स्वास्थ्य क्लिनिकमार्फत २४ पटकसम्म तौल जाँच गरेको सुनिश्चित गरेबापत प्रोत्साहनको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

    “बाली बिमा” निःशुल्क बनाई बिमा प्रिमियममा सहुलियत प्रदान गर्दै कृषि उत्पादनमा हुन आउने क्षतिपूर्तिलाई न्यूनीकरण गर्ने नीति पालिकाले लिएको छ । सडक निर्माणको काममा कम्तीमा ५० प्रतिशत स्ट्रक्चरको काम गर्नुपर्ने नीतिलाई निरन्तरता दिएको छ । नयाँ निर्माण गर्नुपर्ने झोलुङ्गे पुल निर्माण र मर्मत सम्भार गरी सञ्चालन हुने झोलुङ्गे पुललाई आवश्यकताअनुसार मर्मत सम्भार गरिने नीति लिएको छ । पर्यटनसँग सम्बन्धित क्रियाकलापहरूको समग्र नीतिगत व्यवस्थापन तथा प्रवर्द्धन गर्न पालिकास्तरीय एक पर्यटन विकास समिति गठन गरिने छ ।

    अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनलाई टेवा पु¥याउन “जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान“ सञ्चालन गर्ने नीति पनि पालिकाले लिएको छ । करदातालाई आफूले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजको सेल नम्बरमा विद्युतीय प्रणालीद्वारा सन्देश प्रवाहित गर्ने नीति पालिकाले लिएको गाउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.