स्याङ्जा, १३ भदौ । अरिंगाल चिलेर बिरुवा गाउँपालिकाका २८ बर्षिय चेलीस श्रैष्ठको मृत्यु भएको छ ।
अरिंगाल पोल्ने क्रममा अरिंगालको ठूलो समूहले चिलेका कारण उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
बिरूवा गाउँपालिका — १ किचनासका श्रेष्ठ सहित ६ जना मिलेर मंगलबार साँझ घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका थिए। करिब ६० देखि ७० वटा अरिंगालले चिलेपछि घाईते श्रेष्ठको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा गए राती नैे उही उनको मृत्यु भएको प्रहरी भनाई छ ।
अरिंगाल पोल्नका लागि गएका अन्य ५ जना भने सकुशल रहेकोे बताईएको छ। गाउँघरमा अरिंगालको पोलो पोल्ने र खाने प्रचलन छ ।