Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 2
    Trending
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अबको ३ बर्षमा स्थालबासमा तामाकोट दरबार बन्ने
    गल्याङ् नगरपालिका

    अबको ३ बर्षमा स्थालबासमा तामाकोट दरबार बन्ने

    Syangja SandeshBy Syangja SandeshJanuary 1, 2022Updated:January 2, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ पुस । गल्याङ् नगरपालिका ५ स्थित स्यालबासमा तामेकोट दरबार बन्ने भएको छ। हात्तिस्थान फाउण्डेशनले दरबार निर्माण गर्ने भएको हो।
    झण्डै ७ सय ५० बर्ष पुरानो तामेकोट राज्यको दरबार निर्माणगरी धार्मिक तथा पर्यटकीय गन्तब्यलाई जोड्न यहाँका स्थानीयबासी जुटेका छन्। यस बृहत परियोजनाको परिकल्पना सहित डा. शिवशंकर बस्यालले अभियान सुरु गर्नुभएको होे।
    तत्कालीन तामेकोट राज्यको दरबार र ऐतिहासिक संरचनाका भग्नावशेष स्यालबासमा अहिले पनि देख्न पाईन्छन्। रानी पोखरी, सैनिक परेड खेल्ने चौर (टुँडीखेल), दरबारको सुरक्षार्थ लगाईएका पर्खाल, आलमदेवीको मन्दिर, पाण्डे थान, हात्तिस्थान, सेतीवेणी, रानी खसेको ठाउँ (रानीफल), भाल्थुम, देउराली लगायतका बिबिध स्थलले दरबार रहेको पुष्टि गर्ने स्थानीयका भनाई छन्।
    भुरे टाकुरे राज्य अन्र्तगत पर्ने तामेकोट राज्य हो। तत्कालिन अवस्थामा झण्डै ८ं०÷९० घरधुरीका लागि राज्य स्थापना गर्ने गरिन्थे भन्ने भनाई छ। तामेकोटका राजा बिलासी थिए। उहाले १२ बर्षे बालिकालाई जवरजस्ती रुपमा ल्याएर रानी बनाएको भनाई छ । बिलासी र घमण्डी स्वभावका राजाका कारण प्रजाले पाएको दुख देख्न नसकेर रानीले राजालाई नजरबन्दगरी शासनसत्ता आफ्नो हातमा लिनुभयो । त्यसपछि रानी र आफनै प्रधानसेनापतिबीच शंका र अविश्वास बढ्दै गएपछि राज्यमा आक्रमण बढ्ेको हुन्छ।
    राज्यभित्रको आन्तरिक षड्यन्त्र र बाह्य राज्यको आक्रमण विरुद्ध रानीले बहादुरी पूर्वक लडेर वरपरका राज्य विजय गर्न सफल भए। भयकोट, चन्द्रकोट र पैयुकोट गरि तीन भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीय माझ प्रचलनमा रहेको छ ।जीवनको उत्तराद्र्धमा राजा र छोरा समेत गुमाएपछि उनी टोलाउदै बसेको अवस्थामा लडेर मृत्युवरण गर्छिन भन्ने किंवदन्ती रहेको छ।
    हात्तिस्थान फाउण्डेशनले दरबार निर्माण कार्यको आज (पुस १७ ) गते शिलान्यास गरिने भएको छ। अनुमानित १० करोडको लागतमा दरबार निर्माण हुने भएको हो। दरबार ३ बर्षमा निर्माण पुरा हुने बताईएको छ। दरबारको निर्माण संगै गल्याङ् नगरपालिकादेखि सेतीवेणी जोड्ने केबलकारको समेत निर्माण कार्य अघि बढाईने भएको छ।
    गल्याङ् नगरपालिकाको मुख्य बजार गल्याङ्देखि १७ किलोमाीटरको यात्रापछि स्यालबास पुगीन्छ। स्यालबास सुन्तला उत्पादनको पकेट क्षेत्र हो। तरकारी र पशुपालन पनि उत्तीकै राम्रो हुन्छन यहाँ।
    तत्कालिन अवस्थामा एक शासकका मनोमानी बिरुद्ध एक विरंगाना महिलाले देखाएको बहादुरी र कौशलता निकै चुनौतीपूर्ण हुन। सबै बिषयबस्तु समेटेर ऐतिहासिक दस्तावेजको सदुपयोग गर्नु हामी सबैको कर्तब्य रहने पूर्व सांसद शंकरप्रसाद पाण्डेको भनाई छ।
    हात्तीस्थान फाउडेसनले थालनी गरेको पुननिर्माण कार्यलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाले भन्नुभयोे, ‘इतिहासको संरक्षणगरि सांस्कृतिक सम्पत्तिको संरक्षण गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग छ।’

    नेपाली कांग्रेस जिल्ला सचिव गुरु भट्टराई, चलचित्र निर्देशक यादवप्रसाद भट्टराई, लुम्बिनी टेलिभिजनका सल्लाहकार नुमाकान्त चापागाईं, नेकपा एमाले नेता जयप्रसाद भट्टराई, समाजसेवी जय भट्टराई, हात्तिवन फाउण्डेशनका दुर्गा पाण्डे लगायतले ऐतिहासिक दरबार निर्माण कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    दरबार पुनर्निमाणका परिकल्पनाकार डा शिवशंकर बस्यालको पहलमा सो कार्यको थालनी हुनेभएको हो। उहाले झण्डै डेढ बर्षदेखि अनुसन्धान र ६ महिनादेखि बिभिन्न बिधाका बिषयबिज्ञसंग समन्वय र छलफल गर्दे अध्ययन तथा अनुसनधानका गरिरहेको जनाउनुभयो ।
    ताम्केकोट — ताम्रीकोट हुदै तामेकोट नामाकरण भएको हो। यहा तामा खानी र शिसा खानी छन। दरबार वरपर तामाका पैसा भेटिने गरेको स्थानीयबासीहरु बताउछन्। दरबारको भग्नावशेषमा वरपर घाँस, दाउरा गर्न जानेहरु अझै पनि त्यस वरपर तामा जस्तो बज्ने आवाज सुन्न सकिने बताउछन्।
    तामेकोटको प्रचार प्रसार र दरबार निर्माणका लागि हात्तिस्थान फाउण्डेशनले ३ दिने समिटको आयोजना गरेको छ। समिटमा धार्मिक, साँस्कृतिक, कलाकार, चलचित्रकर्मी, राजनीतिकर्मी, बिबिध पेशाकर्मी लगायतले यस क्षेत्रको विकास र ऐतिहासिक धरोहरको संरक्षणका लागि कार्यपत्र मार्फत सुझाव आदानप्रदान समेत गरेका छन्।
    यही विषयबस्तुमा आधारित रही निर्देशक यादव भट्टराईले फिल्म बनाउने उदघोष गरे। दरबार निर्माणपछि सोही स्थलमै फिल्मको सुटिङ सुरू गर्ने उनले बताए। ‘अहिले स्थलगत अध्ययन अनुसन्धानमा जुटेको छु।’ निर्देशक भट्टराईले यसअघि झोला फिल्म निर्माण गरिसकेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    आइतवारदेखि पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह

    April 26, 2025

    सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ

    April 17, 2025

    मालुंगा क्याम्पस स्ववियू सभापतिमा नेविसंघका गोबिन्द भण्डारी

    March 13, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.