स्याङ्जा २२ साउन । आफनै ६ महिने नावालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेको आरोपमा २२ बर्षिया लक्ष्मी राना र उनका प्रेमि केदार कुमाल पक्राउ परेका छन्।
स्याङ्जा गल्याङ्का लक्ष्मी राना यही साउन १० गतेदेखि ६ महिने छोरी सहित सम्पर्क बिहीन थिईन्।
उनले पाल्पाका २२ बर्षिय केदार कुमालसंग भागी विवाह गरेपछि उनका पति मिनबहादुर राना र ससुरा लगायतले दिएको निवेदनका आधारमा खोजतलास गरिएको थियो।
उनीहरु दुबैजनालाई गल्याङ् बजारबाट प्रहरीले नियन्त्रणमा लिर्ई सोधपुछ एवं अनुसन्धान गर्दा लक्ष्मीले पाल्पा रामपुरका केदार कुमालसंग भागी विवाह गरेको थाहा पाएपछि परिवारले ६ महिने छोरीको खोजलसास गर्दा सो घटना बाहिरिएको हो।
अनुसन्धानका क्रममा साउन १० गतेका राती नै अस्थायी शोैचालयको खाल्टोमा फालेको भन्ने पुष्टि भएपछि सोही स्थानमा खोजतलास गर्दा सडेगलेको अवास्थामा बच्चाको लास फेला परेको र उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
आरोपित महिला र पुरुष दुबै जनालाई प्रहरी नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसूरमा म्याद थपभई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Monday, October 20
Trending
- स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
- बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
- गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
- गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
- यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
- बैदिक सनातन अनुरुपको राजनीति
- वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण