काठमाडौं, भदौं ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले नयाँ दल दर्ताका लागि सनाखत गर्नुभएको छ ।
बुधबार दिउँसो आयोगले तोकेको समय सीमाभित्र निर्वाचन आयोग पुगेर सशरीर उपस्थित भई सनाखत गर्नुभएको हो। उपचारका क्रममा भारतमा रहनुभएका पूर्वप्रधानन्त्री झलनाथ खनालको भने वारेसमार्फत सनाखत गरिएको छ ।
आयोगमा मंगलबार निवेदन दिनुभएका सोमप्रसाद पाण्डे, माया ज्ञवाली न्यौपाने, शारदा देवी भट्ट र राजन राईले भने सनाखत गर्न पाउनुभएन। दर्ताका समयमा हस्ताक्षर नगरेका काराण् उहाहरुलाई सनाखत गर्न नदिइएको हो ।
अन्य कम्यूनिष्ट पाटीहरुसंग एकता गरी अबको चार महिनामा नेकपा एस देशकै ठूलो दल बनाउने नेताहरुको उद्घोष छ ।
हस्ताक्षर सनाखतका लागि लोसपा र नेकपा ( एकीकृत समाजवादी) पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । दुबै दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गर्नुभएको हो ।